पत्रकार अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको सम्झनामा श्रद्धाञ्जली सभा

0

कञ्चनपुर २१ साउन – क्रान्तिकारी पत्रकार महासंघ केन्द्रिय सदस्य धनन्जय अवस्थीका बुवा स्व.बाशुदेव अवस्थीको दुखद निधन प्रति १५ औं दिनको पुन्य तिथिमा श्रद्धाञ्जली सभा गरिएको छ । नेकपा (क्रान्तिकारी माओवादी) सुदुरपश्चिम प्रदेश द्धारा कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वार्ड न.१ बन्शाह गणेशपुरमा श्रद्धाञ्जली सभा गरिएको हो ।

श्रद्धाञ्जली सभामा स्व. बाशुदेव अवस्थी प्रति १ मिनेट मौन धारण गरेर श्रद्धाञ्जली सभामा शुरु गरिएको थियो । श्रद्धाञ्जली सभामा नेकपा (क्रान्तिकारी माओवादी ) सुदुरपश्चिम प्रदेश सेक्रेटरी चिन्तकले शोक मन्तव्य राख्दै शोकलाई शक्तिमा बदल्दै बुवाको सपना पुरा गर्न सकारात्मक रोचका साथ लाग्नुपर्ने भन्दै परिवाार प्रति सम्वेदना व्यक्त गर्नु भएको थियो ।

त्यस्तै क्रान्तिकारी माओवादी केन्द्रीय सदस्य हरि सुवेदी बिक्रान्तले शोक मन्तव्य राख्दै जन्म र मुत्यु चलिरहने प्रक्रिया भएकोले दुखद निधन प्रति बुवालाई श्रद्धाञ्जली अर्पण गर्दै परिवार जनप्रति समवेदना व्यक्त गर्नु भएको थियो । श्रद्धाञ्जली सभाको सञ्चालन कञ्चनपुर जिल्ला सेक्रेटरी कैलाले गर्नु भएको थियो ।

श्रद्धाञ्जली सभामा अवस्थी परिवारका आफन्त नातेदार लगायतका नेकपा क्रान्तिकारी माओवादी नेता क्रार्यकर्ताको उपस्थिति रहेको थियो । स्व.बाशुदेव अवस्थीको मिति साउन ७ का दिन आफनै निवासमा ५७ बर्षको उमेरमा दुखद निधन भएको थियो ।

You might also like