प्रतापपुरका संक्रमितको सम्पर्कमा रहेका सबैजनाको स्वाब परिक्षणका लागि पठाईयो

0

नवलपरासी ३ जेठ – पश्चिम नवलपरासीको प्रतापपुर गाउपालिकामा भेटिएका कोरोना संक्रमितसंग सम्पर्क गरेकाहरुको कन्ट्रयाक टे«सिङ गरी उनीहरुको स्वाब परिक्षणका लागि पठाइएको छ । भारतबाट आएका कोरोना पोजिटिभ देखिएका प्रतापपुरका ३६ बर्षीय पुरुषको सम्पर्कमा रहेका १५ जनाको स्वाब कोरोना बिशेष प्रयोगशाला भैरहवा पठाइएको हो । जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीका प्रमुख गौरव ढकालले समुदायस्तरमा कोरोना फैलिन नपाओस भन्ने उद्धेश्यले संक्रमित पुरुषसंग सम्पर्कमा रहेका उनलाई साईकलको माध्यमबाट ल्याएका र १५ मिनेट बढी उनको सम्पर्कमा रहेका सबैजनाको स्वाब परिक्षणका लागि पठाइएको बताउनुभयो । उहाँले पश्चिम नवलपरासीमा समुदायस्तरमा कोरोना नदेखिएकोले त्रसित नहुन र सचेत भई लकडाउन पालना गर्न सबैलाई आग्रह समेत गर्नुभयो ।

You might also like