देवदहमा अस्पताल बन्ने

0

भदौ ३१ / रुपन्देहीको देवदह ५, खैरेनीमा १५ शैया अस्पताल भवनको शिलान्यास गरिएको छ । संघीय सरकारको एक नगर एक अस्पताल निती अन्तर्गत १५ शैया अस्पताल भवनको शिलान्यास गरिएको हो ।

अस्पतालको भर्चुल माध्यमबाट प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले शिलान्यास गर्नु भएको छ । करिव ९ करोडको लागतमा अस्पताल निर्माण सम्पन्न हुने देवदह नगरपालिकाले जनाएको छ ।

संघीय सरकार र देवदह नगरपालिकाको समपुरक बजेटबाट १५ शैयाको अस्पताल भवन निर्माण हुने नगरपालिकाले जनाएको छ । १५ शैया अस्पताल भवनको शिलान्यास गर्दै प्रतिनिधिसभा सदस्य छविलाल विश्वकर्माले देवदहमा अस्पताल संचालनपछि नवलपरासी, पाल्पा र देवदहका स्थानीयवासीहरु स्वास्थ्यको पहुंचमा हुने बताउनु भयो ।

पुर्व कृषिमन्त्री समेत रहनु भएका सांसद विश्वकर्माले गुणस्तरीय र नमुना अस्पताल निर्माण गर्न सबैको योगदान आवश्यक रहेको औल्याउनुभयो । उहांले १५ शैयाको अस्पताल रुपन्देहीको क्षेत्र नं १ कै नमुना अस्पतालको रुपमा विकास गर्ने बताउनुभयो ।

प्रदेशसभा सदस्य डा. कृष्णप्रसाद न्यौपानेले देवदहमा निर्माण हुन गईरहेकोे अस्पताल देवदहकै गौरवको रुपमा लैजानु पर्नेमा जोड दिनुभयो । सांसद न्यौपानेले अस्पताल निर्माण पछि स्वास्थ्यको क्षेत्रमा महत्वपूर्ण योगदान हुनेमा जोड दिनुभयो ।

देवदह नगरपालिका प्रमुख हिराबहादुर खत्रीले आमनागरिकको आधारभूत आवश्यकता पुरा गर्नको लागि केही काम सम्पन्न गर्दै केही शुरुवात गरेको बताउनु भयो ।

देवदह नगरपालिका ५, का वडाअध्यक्ष झिल्लुप्रसाद न्यौपानेको अध्यक्षतामा भएको शिलान्यास कार्यक्रममा देवदह नगरपालिका उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकीय अधिकृत पिताम्वर पाण्डे, नेपाल कम्यूनिष्ट पार्टी नेकपा देवदहका अध्यक्ष प्रकाश अर्याल, नेपाली कांग्रेसका नगर सभापति गुनाखर भुर्तेल, वडाअध्यक्षहरु लगायतको सहभागिता रहेको थियो ।

देवदह स्वास्थ्य चौकी व्यवस्थापन समितिका उपाध्यक्ष रुद्रमान ढकालको स्वागत र शिक्षा अधिकृत नारायण पोखरेलको संचालनमा कार्यक्रम सम्पन्न भएको थियो ।samaya chakra

You might also like