पशुहरुमा हुने बाँझोपन निवारणका लागि बिज्ञ टोली किसानको घर गोठमा

0

रामप्रसाद पौडेल
बर्दघाट १४ फागुन – राष्टिय पशु प्रजनन केन्द्र पोखराको आयोजनामा पशुहरुमा हुने बाँझोपन परिक्षण गरिएको छ । आइतवार बर्दघाट नगरपालिकाका गाई तथा भैसी पालक कृषकहरुका घरगोठमा पुगी केन्द्रका बिज्ञ टोलीले उपचार तथा परामर्श दिएको थियो । बर्दघाट नगरपालिकाका पशु सेवा शाखाका प्राबिधिक अभिशेष लामिछानेका अनुसार केन्द्रका बरिष्ठ पशु विकास अधिकृत शिवनाथ महतो तथा बरिष्ठ पशु विकास अधिकृत डा. खगेन्द्रराज सापकोटा सहितको बिशेषज्ञ टोलीेले वडा नम्बर २ ,७ , १३ र १४ का ४६ वटा पशुको परिक्षण गरेको थियो । टोलीले परिक्षण पश्चात समस्या देखिएका पशुहरुको निशुल्क उपचार गरी कृषकलाई परामर्श समेत दिएको थियो । बाँझोपनबाट कृषकलाई आर्थिक नोक्सान हुदै आएकोमा बिशेषज्ञ टोलीले परिक्षण उपचार तथा परामर्श दिएपछि त्यसबाट कृषकहरु लाभान्वित हुने अपेक्षा गरिएको छ ।

You might also like