बुटवलको फूलबारीपार्क खोल्ने तयारी

0

भदौ ३०, 

बुटवल–कोरोना महामारीका कारण चैत्र ११ गतेको लकडाउनपछि बन्द रहेको बुटवलको मणिमुकुन्द सेन उद्यान अर्थात् फूलबारी पार्क खुला गर्ने तयारी गरिएको छभदौ ६ गतेबाट अवलोकनकर्ताको लागि पार्क खोल्न लागिएको हो। ५ गतेबाट सरकारले सार्वजनिक यातायात खोल्ने निर्णय गरेसँगै फूलबारी पनि खोल्ने तयारी गरिएको मणिमुकुन्द सेन उद्यान संरक्षण समितिका अध्यक्ष खेम लुइटेलले बताए।

‘सार्वजनिक यातायात पनि खुल्ने भन्ने कुरा आएको छ, त्यसैले हामीले पनि पार्क खोल्ने तयारी गरेका छौं’–उनले भने–‘फरक परिस्थिति आएमा अलग कुरा भयो नत्र सर्वसाधारणको लागि खुल्ला गछौं।’
तर फूलबारी अवलोकन गर्न जाँदा सुरक्षाका केही मापदण्ड भने पालना गर्नुपर्छ । लुइटेलका अनुसार अवलोकनकर्ताले अनिवार्य माक्स लगाउनुपर्ने र सेनटराइजको प्रयोग गर्नुपर्ने छ।

त्यसैगरी पार्क भित्रको केही ठाउँमा जान भने रोक लगाइएको छ। ‘मन्दिर तर्फ जान पाइदैन, सरकारले नखोल्नु भनेकाले चिडियाघरतिर जान पनि रोक लगाएका छौं।’ उनले भने–‘माथि झरनातिर जान पनि दिदैनौ, नर्सरी क्षेत्रमा मात्र घुम्न पाइन्छ।’ स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पार्क भित्र रहेका बस्ने बेन्च पनि हटाएको लुइटेलले बताए।

साथै पार्कभित्रको क्यान्टिन पनि अहिले सञ्चालन हुनेछैन। बुटवलको फूलबारी पार्क आन्तरिक पर्यटकको लागि महत्वपूर्ण गन्तव्य हो।

सामान्य अवस्थामा दिनमा तिनदेखि चार हजार मानिस अवलोकनका लागि फुलबारीमा आउने गर्दछन्। विवाहको लगन र वनभोजको याम (जाडो महिनाको शनिबार) मा अझ बढी चाप हुने गर्दछ।

बजारको कोलाहलमा बसेकालाई एकछिन शान्त हुन जाने ठाउँ पनि बनेको छ बुटवलको फूलबारी। पार्क बन्द हुँदा कतिपयले खोल्न अनुरोध पनि गरेको अध्यक्ष लुइटेलले सुनाए। ‘घर भित्र बस्दा गुम्सिएर दिक्क भइयो, फूलबारीतिर आएर फ्रेस हुन पाए हुन्थ्यो, अब खोल्नुप¥यो भन्नुहुन्छ’–उनले भने।

यस अघि साउन महिनामा सार्वजनिक यातायातको साधन खुल्दा पनि फुलबारी १५ दिन जति खुल्ला भएको थियो। पुनः निषेधाज्ञा लागेपछि बन्द भएको थियो। तर खासै पर्यटक भने गएका थिएनन्। अवलोकनको लागि पार्क नखोल्दा उद्यान समितिलाई निकै क्षति पुगेको अध्यक्ष लुइटेलले बताए।

‘यहाँका चिडियाघरका जनावरलाई खाना दिइरहनुपर्छ, त्यसको लागि महिनामा २ लाख जति लाग्छ, ३० जना जति कर्मचारी छन्, उनीहरुको पारिश्रमिकका लागि ५–६ लाख रुपैया खर्च हुन्छ’–उनले भने–‘पार्क बन्द भएपनि जनावरको रेखदेख, नर्सरीमा गोडमेल, सरसफाइ लगायतका काम भइरहेको छ।’…Lumbini times

You might also like