कावासोतीमा अन्दाजी ७० बर्षिय बृद्द महिला फेला

0

नवलपुर,भदौ २८ । 

भदौ २६ गते सॉझ कावासोतीमा प्रहरीले एक अन्दाजी ७० बर्षिय बृद्द महिला फेला पारेको छ । लडेर ओठमा चोट लागेपछि उनको कालिगण्डकी अस्पतालमा निशुल्क उपचार भइरहेको छ ।

आफ्नो नाम सुक माया क्षेत्री बताउने बृद्द महिलाले आफ्नो घर बुटवल भएको बताएकी छन । जिल्ला प्रहरी कार्यलयले ती बुद्द महिलाको घरपरिवार खोज्ने प्रयास गरेपनि फेला नपरेको जानकारी दिएको छ ।

कसैले चिन्नु भएको भए कावासोती नगरपालिका वडा नं ८ को कार्यलयको सम्पर्क नं ०७८-५४०९६९, कालिगण्डकी अस्पतालको सम्पर्क नं ०७८-५४०१८२ वा जिल्ला प्रहरी कार्यलय नवलपुरमा सम्पर्क गर्न गुरुङले अनुरोध गर्नुभएको छ ।

You might also like