सिन्धुपाल्चोक नागपुजेमा पहिरो : १२ जनाभन्दा बढी बेपत्ता

0

२८ भदौ २०७७,

बाह्रविसे नगरपालिका-७, घुम्थाङको नागपुजेमा पहिरोले पुरिँदा १२ जनाभन्दा बढि बेपत्ता भएका छन्। गएरातिको अविरल वर्षासँगै माथिबाट आएको पहिरोले बस्ती पुरिँदा घरमा सुतिरहेका १२ जनाभन्दा बढी बेपत्ता भएका हुन्।

स्थानीयका अनुसार बिहान करिब पौने चार बजे आएको पहिरोले सिंगो बस्ती पुरेकाले कति जना बेपत्ता छन् भन्ने एकिन नभएपनि कम्तिमा १२ जना बेपत्ता भएको अनुमान गरिएको छ। पहिरोमा पुरिएका परिवारका कोहि पनि सम्पर्कमा नआएकाले कति बेपत्ता भन्ने एकिन गर्न कठिन भएको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले बताए।

नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी टोली घटनास्थल पुगेर उद्धार कार्य सुरु गरेको सापकोटाको भनाइ छ।

You might also like