कविता : देशको सीमा खोज्दा

0

धनेश्वर पोखरेल

यो देशको सरकार कस्को सोध्नु पर्ने भयो
हराएका सीमाहरु खोज्नुपर्ने भयो

घुम्यौ हामी अभियानमा मेचीमहाकाली
अनुगमन गर्यौं हामी सीमा वारिपारि
थेन कतै जङ्गे पिलर खै त कता गयो
हराएका सीमाहरु खोज्नुपर्ने भयो

यो देशको सरकार कस्को सोध्नुपर्ने भयो
हराएका हाम्रा सीमा खोज्नुपर्ने भयो

यो देशको सरकारले आँखा देखेन कि
जनताहरु कराएको कान सुनेन कि
मालिक सामु बोल्न उस्को मुखै खुलेन कि
देशको सीमा लुटिएको थाहै पाएन कि

यो देशको सरकार कस्को सोध्नु पर्ने भयो
हराएका सीमाहरु खोज्नै पर्ने भयो ।

You might also like