चिसापानीको जग्गामा कु–दृष्टि लगाउनेहरुलाई नछाड्ने क्लबको दावी

0

बर्दघाट २७ भदौ : बर्दघाट–२ चिसापानीस्थित सुर्यज्योति युवा कल्बले चिसापानीको ‘जग्गामा कु–दृष्टि लगाउनेहरुलाई नछाड्ने ‘ दावी गरेको छ । कल्बका अध्यक्ष रामप्रसाद भण्डारीले शनिवार एक बिज्ञप्ति जारी गर्दै ‘कुनै भुमाफिया र राजनीतिक दलबाट त्यस्तो गरिए नछाडने ‘ दावी गर्नुभएको हो ।

 

नेकपा (क्रान्तिकारी माओवादी) ले उक्त ८ बिघा २ कटठा १२ धुर जग्गा सार्वजनिक सम्पतिका रुपमा राख्नुपर्ने भन्दै ‘कब्जा’ गरेको घोषणा गरेको थियो । त्यसपछि ६ दलले जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासी र बर्दघाट नगरपालिकालाई ‘ध्यानाकर्षण’ गरेका थिए । प्रचारबाजी चुलिदैं जादाँ बर्दघाट नगरपालिकाले पत्रकार सम्मेलन गरी सो जग्गा सार्वजनिक सम्पतिको रुपमा स्थापित गर्न ‘तारबार’ गर्ने जानकारी दिएको थियो । यी घटनाक्रम लगतै कल्बले शनिवार बिज्ञप्ति जारी गरेको हो । उक्त बिज्ञप्ति चेतावनी दिदै भनिएको छ – ‘याद रहोस स्यालको शरिरमा बाघको खोल ओड्दैमा स्याल कहिल्यै बाघ हुदैन चिसापानी बाघका डमरु जन्मिने थलो हो यहाँ नकाबधारी स्यालहरुको चल्नेवाला छैन चल्न दिइने पनि छैन । ‘ राष्ट्रिय आवास कम्पनीको नाममा रहेको सो जग्गा कम्पनीले बिक्री टेण्डर गरेपछि ‘विवादित’ बन्दै आएको छ । जग्गा संरक्षण गर्ने र बेच्ने दाउमा रहेकाहरुबीच जग्गा बिषयमा ‘दोहोरी’ नै चल्दै आएको छ ।

You might also like