पश्चिम नलवपरासीमा शुक्रबार थप २४ जनामा कारोना देखियो, एक जना कोरोना संक्रमितको उपचारको क्रममा बुटवलमा मृत्यु,

0

 

नवलपरासी बर्दघाट सुस्ता पश्चिममा शुक्रबार थप २४ जनामा कारोना संक्रमण देखिएको छ । संक्रमित हुनेहरुमा रामग्रामका १८ जना, पाल्हिनन्दनका २ जना र सुस्ताका ४ जना रहेका छन् । पश्चिम नवलपरासीमा जारी निषेधाज्ञा खुकुलो बनाए संगै कोरोना संक्रमित बढ्दै गैरहेका छन् । जिल्लाको रामग्राम नगरपालिकामा शुक्रबार १८ जनामा कोभिड १९ संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । संक्रमित हुनेमा १४ जना पुरुष र २ जना महिला रहेको स्वास्थ्य कार्यालय प्रमुख गौरभ ढकालले जानकारी दिनुभयो । संक्रमितहरु वडा नम्बर ३ का ५८ वर्षीय पुरुष, वडा नम्बर ५ का २६, २८, २५, ३९, ४१ वर्षीय पुरुष र ३० वर्षीय महिला रहेका छन् । वडा नम्बर ६ मा २२ वर्षीय पुरुष, वडा नम्बर १० मा ४०, २५, २७, ४५, ३०, २२ वर्षीय पुरुष र १६ वर्षीय किशोरी, वडा नम्बर ७ मा २८ वर्षीय पुरुष रहेका छन् । यो संगै रामग्राम नगरपालिकामा मात्र संक्रमितको संख्या ५४ पुगेको छ । ५४ जना मध्ये ९ जना महिला र ४५ जना पुरुष रहेका छन् । त्यस्तै, पाल्हीनन्दनका २ र सुस्ताका ४ जनाको वडा खुलाइएको छैन । हाल सम्म पश्चिम नवलपरासीमा कोरोना संक्रमितको संख्या ३ सय ५३ पुगेको छ । जिल्लामा हालसम्म ३ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ जना रामग्राम नगरपालिका र १ जना प्रतापपुर गाउँपालिकाका रहेका छन् ।
त्यस्तै, नवलपरासी पश्चिमका एक कोरोना संक्रमितको शुक्रबार बुटवलमा मृत्यु भएको छ । बुटवलको कोरोना विशेष अस्पतालको आईसीयूमा उपचाररत सुस्ता गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको मृत्यु भएको हो । योसंगै नवलपरासी पश्चिममा कोरोना संक्रमितको मृत्यु हुने संख्या ४ पुगेको छ । उनलाई भदौ १९ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उपचारकै क्रममा बिहान ११ बजे मृत्यु भएको अस्पतालका फोकल पर्सन डा. सुदर्शन थापाले बताए । थापाका अनुसार ती व्यक्ति कलेजोसम्बन्धी समस्या र मधुमेहले पीडित थिए । ज्वरो आउने, खोकी लाग्ने समस्या देखिएपछि उनलाई १९ गते नै अस्पताल ल्याई पीसीआर परीक्षण गरिएको थियो । यससँगै उक्त अस्पतालमा कोरोनाले मृत्यु हुनेको संख्या ११ पुगेको छ । अस्पतालमा सामान्य कक्षमा ३५, आईसीयूमा १७ र भेन्टिलेटरमा दुई जना उपचाररत छन् ।

You might also like