नवलपरासीमा ‘तपाईंको मास्क खै ?’ अभियान

0

उमेश बि.क / नवलपरासी ,

समुदायमा कोरोना संक्रमण बढिरहेका बेला यूवा सचेतना संस्था रामग्राम २ ले नवलपरासीको रामग्राम नगरपालिका ५ परासीकाे चाेकहरुमा तपाईंको मास्क खै ? लेखेका ब्यानर लगाएका छन। यूवा सचेतना संस्थाले सर्वसाधारणलाई कोरोनाको जोखिमबारे सचेत गराउन यस्तो अभियान चलाएको संस्थाका अध्यक्ष ईमामुल अलीले बताए।

अलीलेले निषेधाज्ञा भए पनि मान्छेहरु साँझबिहान मास्क नलगाई बाटो र चोकतिर हुल बाँधेर हिँडिरहेको भन्दै उनीहरुलाई सचेत गराउन र मास्क लगाउन उत्प्रेरित गर्न ब्यानरिङ गरिएको बताए। नवलपरासीको बुद्धचाेक तथा विभिन्न चाेकमा भिडभाड हुने १०० ठाउँ छनोट गरेर मास्क खै ? भन्ने ब्यानर टाँसिएको संस्थाका सचिव समसाद अंसारीले बताए। यूवा सचेतना संस्थाले केही दिनअगाडि ५० जना चालकलाई खादा अाेढाई सम्मान तथा ३०० निशुल्क मास्म बितरण गरेको थियाे ‘तपाईंको मास्क खै ?’ अभियान संस्था अध्यक्ष ईमामुल अलीकाे अध्यक्षता तथा प्रदेश सभा सदस्य बैजनाथ जैसवालको प्रमुख अातिथ्यतामा गरिएको कार्यक्रममा नेपाली काग्रेस क्षेत्र न.२ ´क`क्षेत्रीय सभापतीअमृत सिंह जि.सी , चन्द्रिका अग्रहरी, संदिप पराजुली रामग्राम नगरपालिका २ का वडा सदस्य धिरज हलुवाई ,मुलपानी सामुदायिक उपभोक्ता समिति कोषाध्यक्ष अवधेश यादव तथा प्रदिप सिंह क्षेत्री लगाएतकाे सहभागीता रहेको थियाे ।

You might also like