ए.बि.सि नेपालद्वारा ९ जनालाई २० हजार दरले बाख्रा पालनकाे लागि अार्थिक सहयोग

0
उमेश बि.क / नवलपरासी ,२४ भदौ
नवलपरासीको सरावल गाउँपालिकाका ९ जना किशोरीहरुलाई २० हजार दरले बाख्रा पालनकाे लागि अार्थिक सहयोग गरिएको छ । ए.बि.सि नेपाल , स्ट्राेम फाउन्डेसनकाे सहयोग तथा गाउँपालिका स्तरिय संवाद किशोर किशोरी सञ्जालकाे अायाेजनामा काेराेना भाइरस कोभिड १९ को महामारीको कारणले आर्थिक उपार्जनका श्रोत नै धरापमा परिरहेको समयमा संवाद केन्द्रमा अध्यनरत ९ जना किशोरीहरुलाई २० हजारकाे दरले १ लाख ८० हजार आर्थिक सहयोग गरिएको छ ।
किशोर किशोरी सञ्जालकाे अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिका अध्यक्ष राधेश्याम चौधरीको प्रमुख आतिथता भएको बाख्रा पालनकाे लागि रकम हस्तान्तरण कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चाैधरीले काेराेना भाइरस कोभिड १९ को महामारीको विषम परिस्थितिमा पनि किशोरीहरुलाई आर्थिक सहायाेग गरि बाख्रा पालनबाट अायअार्जन गर्नका निम्ति सहयोग गर्ने ए बि सि नेपाल ,स्ट्राेम फाउन्डेसन र संवाद किशोर किशोरी सञ्जाल माथि आभार प्रकट गर्दै अध्यक्ष चौधरीले गाउँघरमै बसी बाख्रापालन व्यवसाय गरेर आम्दानी गर्न अनुराेध गर्दै रकम सहितरिकाले प्रयाेग गर्दै ब्यवसायिक बाख्रा पालन गरेर देखाउनकाे लागि अनुरोध गर्नुभएको हाे। त्यस्तै गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत पाैडेलले संवाद केन्द्रमा अध्यनरत किशोरीहरुलाई बाख्रा पालनबाट अर्थिक अायअार्जन गरि अाफ्नाे पढाइलाई समेत निरन्तरता दिदै भबिश्यमा राम्रो काम गर्नको लागी शुभकामना ब्यक्त गर्दै गर्नुभएको हाे।
कार्यक्रममा ४ नं. वडाका वडा अध्यक्ष छोटेलाल यादव, वडा सदस्य जयन्ती सहानि,५ नं.वडाका वडा अध्यक्ष दिनेश सहानि, ६ का वडा अध्यक्ष कैलाश यादव र समाजिक अभियानता ईजहार मोहमद शेष, एबिसि नेपालकी सहजकर्ता सबिता चाैधरी ,दुर्गा बि.क ,सन्दिप बि.क ,समाजसेवी बरकल्लाह खान तथा सफि महाेम्मद सेखल गाएतको उपस्थिति रहेको थियाे। गरिबीको रेखामुनि रहेका किशोरीहरुलाई रेखामाथि ल्याउन तथा जीविकोपार्जनमा सहयोग पुर्याउने उद्देश्यका साथ बाख्रा पालनकाे लागि रकम हस्तान्तरण गरिएको ए.बि.सि नेपालकि सहजकर्ता साइदा नेसाले जानकारी गराउनु भएको हाे।

 

You might also like