लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको प्रति क्रान्तिकारी माओवादी र दे.ज.मो को ध्यानाकर्षण

0

 

बुटवल २८ बैशाख – नेकपा ( क्रान्तिकारी माओवादी ) जिल्ला संगठन समिति पश्चिम नवलपरासीले दार्चुला जिल्लाको लिपुलेकमा भारतले अतिक्रमण गरी सडक निर्माण गरेको प्रति ध्यानाकर्षण भएको जनाउदै बिरोध गरेको छ ।

सो पार्टीका जिल्ला सेक्रेटरी चोलाद्धारा जारी बिज्ञप्तिमा भनिएको छ – नेपालको सार्वभौमिक अखण्डता भित्र दार्चुला जिल्लामा पर्ने गुञ्जीदेखि कालापानी हुदै नाभिढाङ्गसम्मको झण्डै २२ कि.मी. भूभागमा समेत सडक निर्माण गरि त्यो सडकलाई लिपुलेकसम्म पु¥याइ चीनको मानसरोवरसंग सम्बन्ध जोड्ने कार्यको हाम्रो पार्टी कडा शब्दमा बिरोध तथा भत्र्सना गर्दछ । यो नेपालको सार्वभौमिकता माथि भारतले गरेको गम्भीर प्रकारको हस्तक्षेप नै हो । त्यस्तै बिज्ञप्तिमा – सन् १९६२ देखि नै कालापानीलाई भारतीय सेनाले कब्जा गरेको छ । त्यसका साथै गत वर्ष कालापानी सहितको भूभागलाई आफ्नो भूभागमा सामेल गरेर भारतले नक्सा जारी गरेको थियो । भारतले कालापानी सहितको भूभागलाई आफ्नो नक्सामा सामेल गरेको कार्यको विरोधमा नेपाली जनताले विरोध गर्दै आएका छन् । त्यो नक्साको नेपाल सरकारले विरोध गरेपनि त्यसबारे अहिलेसम्म कुनै प्रभावशाली कदम उठाउन सकेको छैन । यहाँसम्म कि उक्त भूमिलाई नेपालमा देखाएर नक्सा प्रकाशित गर्ने कामसम्म सरकारले गर्न चाहेन ।– उल्लेख गरिएको छ । चोलाद्धारा हस्ताक्षरित बिज्ञप्तिमा थप भनिएको छ – भारतको त्यस प्रकारको कदमका विरुद्ध व्यापक रुपले आवाज उठाउनका लागि हामीले सम्पूर्ण देशभक्त नेपाली जनतासित अपिल गर्दछौं ।

त्यस्तै देशभक्त जनगणतान्त्रिक मोर्चा प्रदेश पाँच समितिले बिज्ञप्ति प्रकाशन गरी अतिक्रमण प्रति बिरोध जनाएको छ । मोर्चाका अध्यक्ष के बी गुरुंगद्धारा जारी बिज्ञप्तिमा लिपुलेकमा भारतले हस्तक्षेप गरेको जनाइएको छ । उता क्रान्तिकारी माओवादी सुदुरपश्चिम प्रदेश समितिका सेक्रटरी चिन्तकले एक बिज्ञप्ति जारी गरी भारतीय हस्तक्षेपको बिरोध गरिएको छ ।

You might also like