कोरोना कहर : इटलीमा नक्कली कोरोना भन्दै हज्जारौं मानिस सडकमा उत्रिए, मेलबर्नमा लकडाउन बढाइयो ,फ्रन्सका ७ इलाका रेड जोन घोषीत

0
    • भदौ २२, २०७७,/

एजेन्सी ।

विश्वभर महामारीको रुपमा फैलिएको कोरोनाले अहिलेसम्म २ करोड ७२ लाख ३४ हजार ८ सय ९२ जनामा संक्रमण गरिसकेको छ । यीमध्ये १ करोड ९३ लाख १३ हजार २६ बिरामी निको भएका छन् भने ८ लाख ८५ हजार ९ सय ४३ को मृत्यु भइसकेको छ ।

फ्रान्स सरकारले आइतबार सात नयाँ इलाकालाई रेड जोन घोषित गरेको छ । यसका साथै देशमा रेड जोन घोषित गरिएको इलाकाको संख्या २८ पुगेको छ । पछिल्लो दुई दिनदेखि देशमा ८ हजार पाँच सयभन्दा बढी संक्रमित भेटिएका छन् । अहिलेसम्म यहाँ ३ लाख १७ हजार ७ सय ६ पोजेटिभ केस भेटिएका छन् भने ३० हजार ७ सय २४ को मृत्यु भएको छ ।

अष्ट्रेलियाको राजधानी मेलबर्नमा आइतबार लकडाउन दुई हप्ताका लागि बढाइएको छ । भिक्टोरियाका प्रिमियर ड्यानियल एन्ड्रूजले राज्यमा संक्रमितको संख्या कम भएपनि सावधानी अपनाउँदै लकडाउन २८ सेप्टेम्बरसम्म बढाउने निर्णय गरिएको जानकारी दिए ।

इटालीमा कोरोना कहर
उता इटलीको राजधानी रोममा आइतबार हज्जारौं संख्यामा मानिसहरु एकजुट भएर प्रदर्शन गरे । मानिसहरुले कोरोना महामारीलाई नक्कली बताए । फेस मास्क र सामाजिक दुरी अनिवार्य गर्ने सरकारको आदेशलाई बेकार भने । मानसहरुले यो नक्कली महामारी भने । यसले पहिले नै बिरामी भएका मानिसहरुलाई असर गर्ने बताउँदै सरकारले सामाजिक दुरी र फेस मास्कलाई अनिवार्य गर्ने आफ्नो निर्णय फिर्ता लिनुपर्ने उनीहरुको माग थियो ।..Mirmire online

 

You might also like