सेवा विस्तार गर्दै शहिद स्मृति अस्पताल

0

चौपत्ता २६ फागुन – पश्चिम नवलपरासीको बर्दघाट १२ चौपत्ता स्थित शहिद स्मृति अस्पतालले सेवा विस्तार कार्य अन्तरगत अत्याधुनिक फिजियोथेरापी सेवा शुरु गरेको छ । आइतवारदेखि अस्पतालले बिशेषज्ञ सहितको फिजियोथेरापी सेवा शुरु गरेको अध्यक्ष निमानन्द न्यौपानेले बताउनुभयो । सेवा शुरु गर्दै छौ अरु कुरा पछि जानकारी दिन्छौ ल अध्यक्ष न्यौपानेले स्थानीयपत्र संग टेलिफोनमा भन्नुभयो । उक्त सेवा शुरु भएपनि सेवाको उद्घाटन भने भएको छैन । सेवा विस्तारसंगै सेवाको उद्घाटन गर्ने योजना रहेको बताइएकोछ । फिजियोथेरापी संगै अस्पतालले न्युरो सम्बन्धि सेवा समेत प्रदान गर्ने ब्यवस्थापक टिकाराम लुइटेलले जानकारी दिनुभयो ।

You might also like