पश्चिम नवलपरासीमा निषेधाज्ञा खुकुलो, सार्वजनिक यातायात बन्द

0

  भदौ २०,

नवलपरासी: जिल्ला प्रशासन कार्यालय नवलपरासीले जिल्लामा भदौ ३१ सम्मको लागि निषेधाज्ञा जारी गरेको छ । कोभिड( १९ को बढ्दो संक्रमणलाई प्रभावकारीरुपमा रोकथाम तथा नियन्त्रण गर्नको लागि केही क्रियाकलापमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी सागरमणि पाठकले जानकारी दिए ।

जिल्ला प्रशासन कार्यालय नवलपरालीले निशेधाज्ञाका क्रमम् कुनै पनि मेला, महोत्सव, जात्रा संचालन गर्न, मानिसहरु भेलार जम्मा हुन, भीड़भाड़ गर्न, सभा जुलुस गर्न, परम्परागतरुपमा भई आएको दैनिक रुपमा हुने आन्तरिक नित्य पुजा बाहेकका सम्पुर्ण धार्मिक, सांस्कृतिक गतिविधिहरु संचालन तथा जमघट गर्न, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्रहरु, ट्युसन सेन्टर, भाषा कक्षा लगायतका जमघट हुने गतिविधिहरु संचालन गर्न नपाइने जनाएको छ ।

यसैगरी सबै प्रकारका गोष्ठी, तालिम, सेमिनार, सिनेमा हल, पार्टी प्यालेस, मनोरन्जनस्थल, शैलुन, ब्युटिपार्लर, स्पा, स्वीमिङ्ग पुल, जिमखाना, समुहमा खेलिने खेलकुद आदि संचालन गर्न, जिल्ला भित्र सबै प्रकारका सार्वजनिक यात्रुबाहक सवारी साधन संचालन गर्न, कृषि उत्पादन तथा कृषि औजार ढुवानीका लागि प्रयोग हुने सवारी साधन, लामो तथा छोटो दुरीका मालसमान ढवानी गर्ने साधन, दमकल, एम्बुलेन्स, शव वाहन तथा अन्तिम संस्कारका लागी प्रयोग गरिने सवारी साधन, खानेपानी र ईन्धन ढुवानीका लागी प्रयोग हुने ट्यांकर, स्वास्थ्यकर्मी तथा संचारकर्मीले प्रयोग गर्ने सवारी साधन,सरसफाई तथा फोहोर ब्यस्थापनमा प्रयोग हुने सवारी साधन र संचालन अनुमति प्राप्त गरेका गरेका बाहेक अन्य सवारी साधन संचालन गर्न नपाइने प्रशासन कार्यालयले जनाएको छ ।

प्रशासन कार्सालयका अनुसार किराना पसल, निर्माण सामग्री ढुवानी तथा, बिजुली सामान र भाडाकुँडा पसल, कपडा पसल, फेन्सी पसल भने बिहान ११ बजे देखि साँझ ५ बजे सम्म खोल्न पाइने छ । यस बाहेक अन्य ब्यपार संचालन गर्न भने रोक लगाइएको छ । कन्ट्राक्ट ट्रेसिङ्गमा परेका र पि सी आर परीक्षणका लागि स्वाब दिएका मानिसहरु नतिजा नआएसम्म हिलडुल गर्न नपाइने तथा मास्क नलगाई, सामाजिकर भौतिक दुरी कायम नगरी कुनै पनि स्थानमा मानिसहरु भेटघाट हुन निषेध गरिएको प्रजिअ पाठकले बताए ।..Radio sendesh

You might also like