बर्दघाट नगरमा जोर बिजोर प्रणालीबाट कक्षा संचालन गरिने

0

पुष्पा गिरी
बर्दघाट १४ कार्तिक – पश्चिम नवलपरासीको बर्दघाट नगरपालिकाभित्र कक्षागत जोरबिजोर प्रणालीबाट कक्षा संचालन हुने भएको छ । विहीवार सामुदायिक र संस्थागत बिद्यालयहरुका प्रधानाध्यापकहरुको प्रतिनिधिमूलक बैठक र कार्यपालिकाको पूर्व निर्णयानुसार कार्तिक १६ बाट कक्षा संचालन हुने भएको हो । नगरपालिकाका शिक्षा युवा तथा खेलकुद शाखाका प्रमुख ईन्द्र कुवँरले जोरबिजोर प्रणालीबाट बिद्यार्थीहरुका संख्या आधा आधा हुने भएको हुदाँ सो निर्णय लिइएको जानकारी दिनुभयो ।

यसै बिषयमा नगरपालिकाले सुचना समेत जारी गरेको छ । कोरोना भाईरस महामारीको कारण देखाउँदै गत असोज २८ गते बाट कक्षा स्थगन गरिएको थियो । यस अघि कोरोना भाईरस संक्रमण दर बढेको भन्दै संस्थागत तथा सामुदायिक विद्यालयमा भैरहेको शिक्षणसिकाई क्रियाकलापमा रोक लगाईएको थियो ।
प्रमुख प्रशासकिय अधिकृत मेघनाथ पाध्यले सामुदायिक तथा संस्थागत विद्यालयहरुलाई कक्षा संचालन गर्न अनुरोध गरिएको बताउनुभयो ।
नगरले पाठयक्रमलाई समेत छोट्याएर शिक्षण सिकाई गर्ने भएको हो । सोही अनुसार छोट्याइएको संक्षिप्त पाठयक्रम समेत नगरले तयारी गरेको जनाएको छ । सो पाठ्यक्रम विहीवारको बैठकमा प्रधानाध्यापकहरुलाई प्रदान गरिएको थियो ।

You might also like