कोरोना परीक्षणमा मात्रै सरकारले सक्याे ३ अर्ब १८ करोड

0

भदौ ५, २०७७ काठमाडौं :

गत माघबाट नेपालमा देखिएको कोरोना भाइरसका संक्रमित पत्ता लगाउने क्रममा सरकारले हालसम्म ३ अर्बभन्दा धेरै खर्च भइसकेको जनाएको छ। कोभिड-१९ (कोरोना) जाँचमा मात्रै यति धेरै खर्च भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ।  मन्त्रालयका प्रवक्ता प्राध्यापक डाक्टर जागेश्‍वर गौतमले शुक्रबारको नियमित मिडिया ब्रिफिङमा यस्तो जानकारी दिएका हुन्। गौतमका अनुसार ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ ल्याब टेस्टमा मात्रै खर्च भएको हो।  ‘ल्याब टेस्टमा मात्रै ३ अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ सरकारले खर्च गरिसकेको छ’, गौतमले भने, ‘यो खर्च भनेको हालसम्म भेटिएका ३० हजार ४८३ जना पोजेटिभ पत्ता लगाउन भएको हो।’ उनले अहिलेसम्म सरकारले एउटा टेस्ट पोजेटिभ पत्ता लगाउन प्रतिव्यक्ति एक लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरिरहेको पनि जानकारी दिएका छन्

। ‘एक जना कोरोना पोजेटिभ पत्ता लगाउन राज्यको एक लाख ४ हजार रुपैयाँ खर्च हुन्छ’, उनले भने, ‘एकजना व्यक्तिलाई आइसियुमा राख्दा ३० दिन राख्दा ४ लाख ५० हजार तिर्नुपर्ने हुन्छ।’ गौतमले कोरोना भइसकेपछि त्यसको उपचार एकदमै महँगो रहेको पनि जानकारी दिए। ‘कोरोना उपचार र जाँच बहुतै खर्चिलो छ। जरुरी काम नपरी घरबाट ननिस्किनुस्’, उनले भने, ‘अत्यावश्यक काम र सामान किन्‍न बाहिर निस्किँदा २ मिटर दूरी कायम गर्नुहोला, अनिवार्य मास्क लगाउनुहोला।’
Thaha khaber

You might also like