पश्चिम नवलपरासीकी एक महिलाको कोरोना संक्रमणबाट मृत्यु

0

भदौ २० ।

कोरोना संक्रमणका कारण पश्चिम नवलपरासीकी ३७ वर्षीया महिलाको मृत्यु भएको छ । उनको कारोना विशेष अस्पताल बुटवलमा उपचारका क्रममा शनिबार बिहान मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमले रेडियो परासीलाई जानकारी दिनुभयो ।

पाल्हीनन्दन गाउँपालिकाको गेर्मी घर भई माईती घर प्रतापपुर गाउँपालिकामा गएको बेला उनलाई लक्षण देखिएपछि कोरोना परीक्षण गरिएको थियो । निमोनियाको लक्षण देखिएकी उनलाई भदौ १७ गते बुटवल पठाइएको थियो । उनमा ज्वरो र श्वासप्रश्वासको समस्या रहेको तर अन्य दीर्घ रोग नरहेको डा. थापाले बताउनुभयो ।

योसँगै जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या ३ पुगेको छ । यसअघि एक ६५ वर्षीया महिला र ३८ वर्षीय पुरुषको मृत्यु भएको थियो । अहिलेसम्म जिल्लामा २ सय ६९ जना संक्रमित भएका छन् । जिल्लाका संस्थागत र होम आइसोलेसनमा गरी अहिले १ सय २५ जना सक्रिय संक्रमित रहेको स्वास्थ्य कार्यालय पश्चिम नवलपरासीले जनाएको छ ।…Radio parasi

You might also like