उज्यालो र बृहत् बुटवल : ‘दिगो बिकास र योजनाबद्ध सहर निर्माण हुँदै’
बुटवल । लुुम्बिनी प्रदेशको मुकाम बुटवल, हरेक दृष्टिकोणले देशको मुटु हो । विकासको पर्यावाची हो । सुन्दरताको प्रतिविम्व हो । अंगे्रज शासकलाई परास्त गरी बिजय हासिल गरेको जितगढीमार्फत वीरताको गाथा सुनाउने बुटवल, मानव विकासको क्रमसँगै रामापिथेकसको विचरण भूमि हो ।
तिनाउ नदीको समीपमा रहेको बुटवल, तराई, पहाडको संगम हो । नून खेप्न आउनेहरुको पुरानो बटौली, इतिहासको बिरासत हो भने भविष्यको विराट सहर हो । बुटवलको उत्तरतिर पाल्पाको तिनाउ गाउँपालिका, दक्षिणतिर तिलोत्तमा नगरपालिका एवम् शुद्धोधन गाउँपालिका, पूर्वमा देवदह नगरपालिका र पश्चिममा सैनामैना नगरपालिका रहेको छ ।
कूल एक सय एक वर्ग किलोमीटर क्षेत्रफलमा फैलिएको बुटवलको जनसंख्या २०७८ सालको जनगणना अनुसार १ लाख, ९५ हजार, ५४ जना रहेको छ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसरले बुटवलमा बसाइँ सरेर आउनेहरुको संख्यामा उल्लेख्य वृद्धि भएको पाइन्छ । कृषि, व्यापार, पर्यटन, पशुपालन र औद्योगिक विकासले फड्को मार्दै गएको बुटवल देशकै नमूना उपमहानगरपालिका हो ।
२०७४ सालको स्थानीय निर्वाचन पश्चात बुटवल उपमहानगरपालिकाले विकासको रोडमोडेलका रुपमा आफूलाई उभ्याएको छ । नगर विकासका आधार भौतिक विकासमात्र होइन, सामाजिक, नैतिक, सांस्कृतिक, पुरातात्विक, साहित्य, कला, सभ्यताका साथै पर्यटन प्रवद्र्धनका लागि बुटवल उपमहानगरपालिकाले समग्र विकासमा आफ्नो सामथ्र्य प्रदर्शन गर्दै आइरहेको छ । सवल आर्थिक केन्द्र, समुन्नत बुटवलको परिकल्पनालाई पूरा गर्ने अभियानको अभियन्ता नै बुटवल उपमहानगरपालिका हो ।
‘समृद्ध बुटवल, खुसी बुटवलबासी’को आकाङ्क्षालाई पूरा गर्न आवधिक योजना, पञ्चवर्षीय योजना, रणनीतिक योजना तथा १५ वर्षे गुरुयोजना, नगर शिक्षा योजना र बृहत बुटवलको लक्ष्य लिएर अघि बढिरहेको बुटवल उपमहानगरपालिका, अन्तर्राष्ट्रिय संस्था जीआइजेडको सर्वेक्षण र मूल्यांकनका आधारमा लगानीमैत्री वातावरण निर्माण गर्नेमा देशकै उत्कृष्ट एवम् अब्बल नगरका रुपमा पुरस्कृत भएको छ । व्यवसायिक एवम् लगानीमैत्री वातावरणका दृष्टिले आर्थिक केन्द्रका रुपमा बुटवल उत्कृष्ट रहेको पाइन्छ । राजस्व परिचालन र सहुलियतको व्यवस्थाले व्यवसायीहरुमा उत्साह थपिएको छ र करहरुमा विशेष छुटको समेत प्रबन्ध गरिएको छ । आन्तरिक स्रोतको बृद्धी गर्ने प्रयाप्त आधार तयार पार्दै राजस्वको सही परिचालन समेत भएको छ ।
‘मेयर युवा ईलम’ कार्यक्रमले सयौंलाई स्वरोजगार बनाएको छ, उद्यमी बनाएको छ र सीपयुक्त नागरिक बनाएको छ । उपप्रमुख उद्यमशीलता विकास कार्यक्रममार्फत बुटवललाई शून्य बेरोजगार केन्द्रका रुपमा विकास गर्ने एउटा विशेष अभियानमा बुटवल उपमहानगरपालिका निरन्तर गतिशील छ र त्यसका आवश्यक आधार तयार पार्ने काम भएको छ । हजारौंलाई सीप एवम् प्रविधिमैत्री तथा आयमूखि तालिममा सहभागी गराई दक्ष जनशक्तिका रुपमा विकास गरी आफ्नो खुट्टामा आफै उभिन सक्ने स्वावलम्बी नागरिक उत्पादनलाई पहिलो प्राथमिकता दिएर अघि बढिरहेको छ ।
आधारभूत तहसम्मका विद्यार्थीका लागि आफ्नै स्थानीय पाठ्यक्रम बनाएर पढाउन थालिएको छ । ‘सिंगो बुटवल ः एक विद्यालय’को मुलुककै नौलो अवधारणाको चरणबद्ध कार्यान्वयन हुँदैछ । शैक्षिक गुणस्तरको विकास गर्दै नगर शिक्षा योजना अनुसारका क्रियाकलापमार्फत बुटवलले शैक्षिक उन्नयनमा फड्को मार्दैछ । सामुदायिक विद्यालयहरुको शैक्षिक गुणस्तर मापनमा मुलुकमै उत्कृष्ट नतिजा प्राप्त भएको छ । बुटवलमा जनप्रतिनिधि निर्वाचित भएपछि चालिएका योजनाबद्ध कदमहरुको प्रतिफलका रुपमा यसलाई पनि लिन सकिन्छ ।
बुटवल उपमहानगरभित्र रहेका सामुदायिक विद्यालयहरुका नयाँ भवन बनाउने, भएका भवनको मर्मत सम्भार गर्ने, नयाँ छानो हाल्ने, ट्रष्ट जडान गर्ने, अपांगमैत्री सहितका शौचालय निर्माण गर्ने, सूचना प्रविधि कक्षासहितका विशेष पुस्तकालय र बुक कर्नर निर्माण गर्ने, खानेपानीको प्रवन्ध मिलाउने, विज्ञान प्रयोगशाला निर्माणमा विशेष पहल भएका छन् । बुटवलका सामुदायिक विद्यालयहरु देशकै नमूना विद्यालयमा पुरस्कृत भएपछि यहाँका सरोकारवालाहरुमा उत्साहसमेत छाएको छ ।
बीटीआईमै प्राविधिक विषयमा उच्च तहका कक्षा सुरु हुने भएका छन् । यसका लागि बुटवल उपमहानगर र काठमाडौं विश्वविद्यालयसँग सम्झौता भइसकेको छ । अब बीटीआईमा प्राविधिक एवम् उच्चशिक्षाको पठनपाठन सुरु हुँदैछ । लुम्बिनी वाणिज्य क्याम्पसलाई मानित विश्वविद्यालय बनाइँदैछ । विपन्न र जेहेन्दारलाई छात्रवृत्ति, शैक्षिक अवसरका लागि अनेकौं प्रोत्साहनका कार्यक्रमहरु तय गरेर बढेको यो उपमहानगरपालिकाले बुटवललाई देशकै शैक्षिक हबको रुपमा विकास गर्दैछ ।
‘समृद्धिका लागि वन, सबैका लागि वन’को नारालाई साकार पार्नका निम्ति नगरमा हरियाली, एक वन एक पोखरी, जडीबुटी रोपण,हरियाली प्रवद्र्धन तथा सहरी सौन्र्दयीकरण, पर्यावरणीयमैत्री पिकनिक स्पर्ट,पार्कहरु निर्माण र विस्तारमा नगरले सक्दो प्रयास र सफलता हासिल गरिरहेको छ । यसअवधिमा बुटवलका वनमा २३ वटा पोखरी निर्माण भएका छन् ।
खेलले निरोगी बनाउँछ, रोजगारी दिन्छ । भातृत्वको भावना जागृत गराउँछ । बुटवलमा यतिबेला खुल्ला व्यायामशाला, खेल पूर्वाधार विकास र सिंगो बुटवललाई खेलकूदको हब बनाउने अभियानमा बुटवल उपमहानगरपालिका लागिपरेको छ । कभर्डहल निर्माण गर्ने, फुटवल र क्रिकेटका मैदान निर्माण गरिएका छन् भने विद्यालयहरुमा रहेका खेल मैदानको स्तरोन्नति गरिएको छ । एक वडा एक मैदान अनिवार्य भन्ने लक्ष्यका साथ काम भएका छन् ।
बुटवल, पर्यटनको मुख्य केन्द्र हो, सांस्कृतिक सहर हो र वीरताको किल्ला जितगढी सम्पदाको स्थल हो । शान्ति पार्क, हील पार्क, मिलन पार्क, मणिमुकुन्द उद्यान (फुलबारी), रामपिथेकस पार्क, लक्ष्मी पार्क, जेवी स्मृति पार्क, भैरव पार्क, हरियाली पार्क, विभूति पार्कले बुटवललाई पार्कहरुको सहरका रुपमा पहिचान बढाएका छन् । हील पार्कलाई थप व्यवस्थि तगर्दै वीग बुद्ध पार्क बनाइँदैछ ।
बुटवलमा भव्य आधुनिक एवम् सुविधायुक्त होटल, लज,रिसोर्टहरु खुल्दैछन् । लगानीमैत्री वातावरण तयार पारेका कारणले निजी लगानीको आकर्षण बढाएको छ । बुटवल बसन्तपुर, बुटवल नुवाकोटमा केबलकार निर्माणका प्रक्रिया अगाडि बढेका छन् । पुराना होटल, लजहरुले आफूलाई स्तरोन्नति गर्दैछन् । सडकहरु पीच भएका छन् । नालायुक्त बाटाहरु ग्राभेलिङ्ग हुँदैछन् । बजारका पूmटपाथहरु इन्टरलक टायलले छापिएका छन् । पर्यटकहरुलाई आकर्षण गर्न र धार्मिक संहिष्णुता कायम गर्नका लागि नगरका मन्दिर, गुम्बा, मस्जिद, चर्चहरुलाई कलात्मक बनाइएका छन् । जिर्णोद्धार गरिएका छन् र धार्मिक पर्यटनका आधारका रुपमा विकास गरिएका छन् ।
बटौली जितगढी युद्ध संग्रहालय निर्माण पूरा हुने चरणमा रहेको छ । जितगढी सम्पदा परिसरमा उजिरसिंहको पूर्णकदको शालीक राखिएको छ । १३ जना बीर योद्धाहरुको प्रतिमाहरु सम्पाद परिसरमै राखिएका छन् । नेपालको विशाल झण्डा फहराइएको छ । बैसाख ७ गतेलाई विजयोत्सव दिवसको रुपमा मनाउने परम्पराको थालनी भएको छ । यसअघि विजय उत्सव दिवसको मिति यकीन थिएन । जनप्रतिनिधि निर्वाचित भएपछि जितगढी विजय उत्सव दिवस निरन्तर मनाइरहेको छ ।
राजमार्गको डिभाइडरहरुमा हरियाली फूलवारीसँग बुद्ध, रामपिथेकस, उजिरसिंहका प्रतिमाहरु राख्ने कामले अन्तिम रुप लिदैछ । सुन्दर बुटवल, स्वच्छ बुटवल राख्नका लागि यतिबेलासम्म ३३ वटा सार्वजनिक शौचालय निर्माण भइसकेका छन्, सोलार बत्ती जडित डिजिटल प्रतिक्षालय निर्माण भएका छन् ।
सीमसार क्षेत्रको रुपमा रहेको बैठौलिया कपरकट्टी तालको संरक्षण र प्रवर्ध्दन गर्दै ३० विगाहा जग्गामा फैलाइएको छ । दुई विगामा खुम्चिएको र अतिक्रमणमा परेको ताल अहिले ३० विगाहा फैलिएर नौका विहार सञ्चालन भएको छ । यहाँ आउने पर्यटकहरुलाई सुविधा दिन शौचालय, चमेना गृह बनाइएको छ । सुन्दरताका लागि लाइटिङ्ग, फूटपाथ, पुल, विश्राम स्थल र सेल्फी सेन्टर बनाइएका छन् । पर्यटकलाई जलयात्रा गराउनका निम्ति सञ्चालन भएको नौंका विहारले थप आकर्षण बढाएको छ । पौराणिक महत्व बोकेको र धार्मिक पर्यटनको केन्द्रका रुपमा विकास भइरहेको नरेनापुर धामलाई संरक्षण र विस्तार गर्दै थप शौन्दर्यकरण गरिएको छ, हरियाली पार्क निर्माण गरिएको छ । सोही स्थान नजिकैको नदीउकासको जग्गा संरक्षण गर्दै पर्यावरणमैत्री पिकनिक स्थल बनाइएको छ । नरेनापुर धामको संरक्षण र सम्वद्र्धनका लागि पार्क, बहुउद्देश्यीय सभा हलको निर्माणको सम्पनाले त्यसक्षेत्रको मुहार फेरिएको छ ।
विपद् व्यवस्थापनका लागि बुटवलले प्रदेशस्तरीय विपद् जोखिम न्यूनीकरण केन्द्र स्थापना गरेको छ । विपद् व्यवस्थापनमा गुरुयोजना बनाएर कार्यान्वयन गर्न तथा पूर्व तयारी भण्डारण केन्द्र समेत सञ्चालनमा ल्याएको छ । ज्योतिनगरको पहिरोलाई नियन्त्रण गर्नका लागि विज्ञ टोलीसँग सहकार्य गर्दै आएको छ र स्थानीयहरुलाई राहत दिन सक्दो प्रयास भएका छन् ।
सार्वजनिक, निजी र साझेदारी अवधारण अन्तर्गत बुटवलमा देशकै पहिलो ढुवानी ग्राम बनेकाे छ । बुटवलको सुन्दरता अनि विकासका निम्ति यो ढुवानी ग्रामले विशेष महत्व राख्दछ । बुटवलले नयाँ औद्योगिक ग्रामको समेत अवधारणा तयार पारेको छ । भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जग्गाको आवश्यक तथ्यांक संकलन गरी कम्प्यूटरमा डाटा इन्ट्री गरेको छ । कार्यदल गठन गरी संकलन गरिएका करीब २० हजार फारमलाई अनलाइनमा सबमिट गरिएको छ, कतिपय जग्गामा नापजाँच सुरु भएको छ । लालपूर्जा वितरणका लागि सम्बन्धित सरोकारवाला निकायसँग पहल भएको छ । बहाल बिटौरी र गाउँ ब्लक जग्गाका सयौं लालपूर्जा बितरण भएका छन् ।
पुल, भौतिक संरचनामात्र होइन बरु यो त भावना जोड्ने सेतू पनि हो । २०७४ को स्थानीय तहको निर्वाचनदेखि हालसम्म बुटवल उपमहानगरपालिकाभित्र १७ वटा पुल निर्माण भइसकेका छन् । बुटवलले बनाइरहेको बुटवल चक्रपथमा पर्ने सडकलाई छिमेकका पालिका र तिनाउ दानव करिडोरमा लिंक गर्ने आन्तरिक वाइपासका सडकहरु निर्माण भएका छन् । स्थानीय बासिन्दाहरुलाई पुलले आर्थिक, सामाजिक, सांस्कृतिक एवम् पर्यटकीय दृष्टिकोणले जोडेको छ । विकटतालाई निकटतामा ल्याइ पुराएको छ र सहरोन्मुख ग्रामीण बस्तीको कायापलट भएको छ । जनप्रतिनिधिमा विकासको प्रष्ट भिजन भएको, दुरदर्शिता र दिगो विकासको अवधारणाबनाई कार्यान्वयनमा उपयुक्त कार्यक्रम बनाएको नतिजा अहिले देखिन थालेको छ ।
बुटवल-१६ बैठौलिया कपरकट्टी ताल डेढ बिगाहामा खुम्चिएको, जलकुम्भी र झाडीले ढाकिएको तथा अतिक्रमणमा परेको अवस्थामाबाट जनप्रतिनिधि आएपछि संरक्षण, विस्तार र सम्बर्द्धन गरिएको छ । हाल ताल करिब ३५ बिगाहामा फैलिएको छ र लम्बाइ झण्डै तीन किलोमिटरको छ । यहाँ डुंगा सञ्चालन गरिएको छ ।
बुटवलमा ग्रामीण सहरहरु पनि छन् । जहाँ कृषि नै पहिलो आधार बनेको छ । सहरी कृषि प्रवर्ध्दनका लागि भएका कामले बुटवललाई मुलुकमा अब्बल बनाएको छ । किसानलाई प्रोत्साहन, हौसला र सहकार्यले कृषिलाई आधुनिकीकरण बनाउन र व्यवसायिक बनाउन मद्दत मिलेको छ । आधुनिक एवम् प्रविधिमैत्री खेतीप्रणालीलाई उपमहानगरले जोड दिएको छ । कृषिबाट आर्थिक क्रान्ति गर्न सकिन्छ भनेरै समय सापेक्ष कृषि प्रणालीमा किसानहरुलाई नगरसँग जोडिएको छ । निर्वाहमुखी होइन निर्यातमुखी खेती प्रणालीलाई प्राथमिकता दिइएको छ ।
अर्गानिक खेतीमा ध्यान दिइएको छ । मौसमी पात्रोलाई अपनाउँदै माटो र हावापानी सुहाउँदो खेतीमा नगरले जोड दिएको छ । किसानलाई प्राविधिक सल्लाह,सहयोग गर्दै आधुनिक प्रविधि, उन्नत बीउविजन र सिंचाईमा लगानी बढाएको छ । उत्पादन गरेका फसललाई धितो राखेर अनुदान दिएको छ । व्यवसायिक खेतीका लागि कृषि औजार तथा उपकरणको प्रवन्ध गरेको छ । हरित् गृह निर्माण, भाडामा जग्गा लिइ कृषि गरेका किसानहरुलाई जग्गा भाडामा अनुदानमा दिने गरेको छ । नगरले कृषि सडकमा लगानी बढाएको छ ।
नगरले पशुपंक्षीपालनलाई आम्दानीसँग जोडेको छ । पशु सेवा एवम् सुविधा र बजारीकरणमा नगरले सक्दो मद्दत गरेको छ । पशु वधशाला निर्माणको क्रम जारी छ । शिवनगर सामुदायिक वनभित्र करिव ८ बिगाहा जग्गामा छाडा पशु चौपाया व्यवस्थापन गर्न नन्दनी गौसंरक्षण केन्द्र निर्माण गरी सञ्चालनमा ल्याइएको छ र यसलाई अझ विस्तार र दिगो सञ्चालनको योजना तयार पारिएको छ । नगरले फोहोरमैला व्यवस्थापनमा सबै पक्षसँग हातेमालो गरेको छ । यसको दीर्घकालीन व्यवस्थापनका लागि कञ्चन गाउँपालिका, सैनामैना नगरपालिकासँग मिलेर फोहोरमैला प्रशोधन केन्द्र बनाउने कामले गति पाएको छ । फोहोरबाट मोहोर पाउने नौलो अभियान समेत थालेको छ ।
भौतिक धन त क्षणिक हुन सक्छ । साँचो धन त स्वास्थ्य हो । जसको सुरक्षा र संरक्षणले दीर्घायूपना दिन्छ । बुटवल नगरले आफ्ना नागरिकहरुलाई स्वस्थ्य, तन्दुरुस्त र दीर्घायू बनाउनका निम्ति गतिला र सजिला स्वास्थ्य नीति, योजना, कार्यक्रमहरु तय गरी कार्यान्वयन गर्दै आइरहेको छ । जनस्वास्थ्यको संवेदनशिलतालाई विशेष हेक्का राख्दै उपयुक्त कार्यक्रम बनाउने बुटवल यसक्षेत्रको पहिलो पालिका हो ।
स्वस्थ रहनका लागि शुद्ध पानीको प्रवन्ध गरेको छ । डीप बोरिङ्ग, स्यालो ट्यूवहरुको जडान तथा मर्मत गरेको छ । बढ्दो जनसंख्या र कम्तिमा आगामी ५० वर्षका लागि तिनाउको झुम्साबाट बुटवलमा पानी ल्याउन पाइप दछ्याइएको छ । खोपको सुनिश्चितता गर्दै पूर्ण खोपयुक्त नगर घोषणा गरेको छ । वडाहरुमा आधुनिक ल्यावसहित मेडिकल अफिसर र स्वास्थ्यकर्मीहरुको टीम राखेर सहरी स्वास्थ्य प्रवद्र्धन केन्द्र सञ्चालनमा आएका छन् । निःशुल्क स्वास्थ्य शिविरहरु सञ्चालन भएका छन् । गर्भवती परीक्षण, सुत्केरी आमाहरुको स्वास्थ्य स्याहार, पोषण शिक्षा र सामग्री निःशुल्क रुपमा वितरण गरिदै आएको छ । नगरले स्वास्थ्य केन्द्रहरुलाई स्तरीकरण, सेवामुखी र सुविधा सम्पन्न गराएको छ । आधारभूत स्वास्थ्य केन्द्रको स्थापना गरेको छ । स्वास्थ्य जनशक्ति, औषधी र औजारलाई थप गरेको छ । सरकारी स्वास्थ्य संस्थाहरुमा सेवा लिने नागरिकहरुको संख्या वर्षेनी ५० हजार बढी पाइन्छ ।
नगरका विद्यालयहरुमा नगर स्वास्थ्य शिक्षा तथा सेवा, महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका ब्यक्तिहरुलाई नियमित तथा निःशुल्क स्वास्थ्य परीक्षण गर्दै आएको छ । कोरोना संक्रमित कहाँ जनप्रतिनिधिहरु आयुर्वेदिक औषधी बोकेर गएको दृष्टान्त सबैका लागि उदाहरणीय बनेको थियो । कोरोना पीडितहरुले दैलामा जनप्रतिनिधिहरुलाई भेट्दा गर्व महसुस् गरेका थिए भने जनप्रतिनिधिहरुले आफ्नो कर्तव्यप्रति गौरव गर्ने अवसर पाएका थिए । बुटवललाई सांस्कृतिक सहर बनाउने अवधारणा तयार भएको छ । विभिन्न जातीय सद्भाव कायम राख्ने खालका संग्रहालयहरु बन्ने क्रममा छन् । अल्पसंख्यक जातिहरुको उत्थान, ज्येष्ठ नागरिक मिलन केन्द्रहरु धमाधम बन्दैछन् । विभूति पार्क निर्माण हुँदैछन् ।
सुशासन विकासको मापक हो । बुटवल उपमहानगरपालिका, सुशासनको दृष्टिकोणले अग्रभागमा छ । यसका लागि बुटवलले स्थानीय सरकार सञ्चालनका निम्ति आवश्यक पर्ने सय बढी ऐन, नियम, मापदण्ड, निर्देशिका, कार्यविधि र आचारसंहिता निर्माण गरेको छ । पालिकाहरुमध्ये देशकै पहिलो र व्यवस्थित इजलासको स्थापना गरेर पाँच सय बढी विवादहरुलाई किनारा लगाएको छ । स्नातक उत्तीर्ण गरेका सय बढीलाई मेलमिलापकर्ताका रुपमा सबै वडाहरुमा परिचालन गरेको छ । वर्षौंदेखि थाती रहेका कतिपय विवादहरुलाई मेलमिलाप र इजलास मार्फत समाधान गरिएको छ ।
वडा तथा नगर नागरिक बडापत्र निर्माण गरी टाँस गरिएको र कार्यान्वयनमा ल्याइएको छ । बिचौलियामुक्त नगर बनेको छ बुटवल उपमहानगरपालिका । सेवाग्राहीहरुका गुनासो सुन्न र सम्बोधन गर्न जनप्रतिनिधि सहायता सेवा कक्ष सञ्चालनमा ल्याइएको छ ।
बुटवल, आधुनिक सहर बन्दैछ अर्थात् बनाइँदैछ । डिजिटल बुटवल बनेको छ । सबै घरमा डिजिटल नम्बर, पञ्जीकरण पनि डिजिटल । एक वडा एक प्राविधिक र इन्जिनीयर तोकेर सेवा प्रवाह सञ्चान गरिएको छ । बहुतले भवनलाई अनुमति दिइएको छ । योजनावद्ध उपसहर निर्माणमा जोड दिइएको छ । आफ्नै प्रयोगशालामा निर्माण सामग्रीको गुणस्तर जाँच्ने विधि ल्याइएको छ र उपमहानगर परिसरमै आधुनिक प्रयोगशाला निर्माण गरिएको छ ।
उज्यालो बुटवलका लागि टोलबस्तीहरुमा बिद्युतीकरणतर्फ ध्यान दिइएको छ । राजमार्गमा ट्राफिक आइल्याण्ड, स्मार्ट प्रतिक्षालय बनाइएका छन् । सहयोगापेक्षी सडक मानवमुक्त सहरका रुपमा बुटवललाई विकास गरिएको छ । लैङ्गिक हिंसामुक्त सहरको कार्ययोजना,कार्यान्वयन हुँदै गइरहेको छ । बुटल क्षेत्रको भाषा, साहित्य, कला, संस्कृति र सभ्यताको खोज, अध्ययन, अनुसन्धान र प्रवद्र्धनका लागि बुटवल प्रज्ञाप्रतिष्ठानको गठन भएको छ । सम्भव यो नेपालकै पहिलो स्थानीय सरकारको प्रज्ञाप्रतिष्ठान हो ।
बुटवललाई लुम्बिनी र अन्तर्राष्ट्रिय गौतमबुद्ध विमानस्थलसँग जोड्नका लागि सर्किट, रणनीतिक मार्ग, वैकल्पिक मार्ग र रिङ्गरोडहरुको समेत निर्माण गरिँदै छन् । यतिमात्र होइन चीनको सियान सहरसँग भगिनी सम्बन्ध कायम गरी मैत्रीपूर्ण भावना र सहयोग आदान प्रदान गर्ने कामको थालनी भएको छ । सक्षम एवम् दक्ष जनप्रतिनिधिहरु, कर्मशील कर्मचारीहरु र विकासमा हातेमालो एवम् समन्वय गर्न रुचाउने नगरबासीहरुको सहसम्बन्ध, सहकार्य र सहयात्रा अनि स्थानीय, प्रादेशिक एवम् संघीय साधन, स्रोतको अधिकतम प्रयोग र परिचालनले नै आजको बुटवल अर्थात् उज्यालो बुटवल बन्न सम्भव भएको हो । globalaawaj