धैर्यताको बाँध फुटेर संर्घषमा उत्रन बाध्य नपारियोस : दे.ज.मो. चितवन

0

चितवन १७ भदौं – देशभक्त जनगणतान्त्रिक मोर्चा–नेपाल जिल्ला समिति चितवनले दैनिक ज्यालादारी मजदुरहरुको अवस्था दयनीय भएको बताएको छ ।

देजमोका जिल्ला अध्यक्ष बाबुराम प्यासी परिवारद्वारा बुधवार जारी बिज्ञप्तिमा जनताको स्वास्थ्य संग खेलवाड गरिएको भन्दै त्यसले मोर्चालाई गम्भिर बनाएको जनाएको छ । बिज्ञप्तिमा ‘जनताको धैर्यताको बाँध फुटेर संर्घषमा उत्रन बाध्य नपारियोस’ भन्ने चेतावनी दिइएको छ ।

You might also like