नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको गएराति मृत्यु,

0

१७ भदौ,

रुपन्देहीको भैरहवाको भीम अस्पतालमा उपचाररत नवलपरासी पश्चिमकी एकजना कोरोना संक्रमित महिलाको मृत्यु भएको छ । रामग्राम नगरपालिका ५ परासीकी ६५ वर्षीया महिलाको मंगलबार राति मृत्यु भएको हो । भदौ १५ गते अस्पतालमा भर्ना भएकी महिलाको मंगलबार राति ९ः४५ बजे उपचारकै क्रममा मृत्यु भएको अस्पतालका सूचना अधिकारी डा. नारायण पोखरेलले पुष्टि गरे । ती महिलामा भदौ १४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनमा खोकी, ज्वरो र श्वासप्रश्वासमा समस्या भएकाले आइसियूमा राखेर उपचार भइरहेको थियो । अस्पतालका कोभिड–१९ फोकल पर्सन डा. सुमित प्रजापतिका अनुसार ५ वटा आइसियू बेड रहेको भीम अस्पतालमा ४ जना आइसियुमा उपचाररत छन् । अन्य १७ जना आइसोलेसन बेडमा छन् । भीम अस्पतालमा यसअघि गैडहवा गाउँपालिका–३ का ५० वर्षीय कोरोना संक्रमित पुरुषको मृत्यु भएको थियो ।…Radio daunne

You might also like