नागरिकता विधेयक विरुद्धमा जसपाद्धारा विरोध प्रदर्शन

0

परासी, १६ असार ।

जनता समाजवादी पार्टी नवलपरासीले नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गरेको छ । बुहारीलाई ७ बर्षपछि मात्र नागरिकता दिने व्यवस्थाप्रति असन्तुष्टी जनाउदै जसपाले नागरिकता विधेयक विरुद्ध विरोध प्रदर्शन गरेको हो । पार्टीका अध्यक्षद्धय धरेन्द्र यादव, मुकुरजी गिरीको संयुक्त नेतृत्वमा निक्लेको विरोध ¥याली सरकार विरुद्ध विभिन्न नाराबाजी गर्दै जिल्ला प्रशासन कार्यालय पुगेको थियो ।

विरोध रयाली नगर परिक्रमा गर्दै ‘महिलामाथि विभेद र अत्याचार गर्न पाइँदैन’, ‘रोटी बेटीको सम्बन्ध विगार्न पाइँदैन’, ‘नागरिकता ऐन संसोधन विद्येयक फिर्ता गर’ महिलामाथि अत्यचार बन्द गर, भ्रष्टाचार बन्द गर लगायतका नारा लगाउदै नगर परिक्रमा गरेको थियो । परिक्रमा पश्चात उक्त विरोध रयाली बुद्धचोक स्थित आयोजित विरोधकोणसभामा परिणत भएको थियो । ¥याली सकिन लगत्तै जसपाले प्रधानमन्त्री केपी शर्माओलीको पुतला दहन समेत गरेको थियोे ।

विरोध सभामा पार्टीका केन्द्रिय नेता एवं पुर्व रक्षाराज्य मन्त्री रामबचन यादव, केन्द्रिय नेता एवं पुर्व शिक्षाराज्य मन्त्री गोविन्द चौधरी, केन्द्रिय नेता संविधानसभा सदस्य अलाउद्दिन अंसारी, केन्द्रिय नेता सुरेन्द्र पटेल, मुन्ना गुप्ता, जिल्ला नेता, धरेन्द्र यादव, मुकुरजी गिरी, पुरन चौधरी, विजय अग्रहरी, सत्रजित यादव, सुनिता काफले, अमिरुल्लाह मिँया, चन्द्रभुषण पाठक, नगेन्द्र अग्रहरी लागायतले ७ वर्षपछि मात्रै अंगीकृत नागरिकता दिने व्यवस्था तत्काल हटाउन माग गरेका थिए ।

Nandan post

You might also like