सरावल गाउँपालिका द्वारा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण

0

उमेश बि.क /

नवलपरासी , साउन: पश्चिम नवलपरासी जिल्लाकाे सरावल गाउँपालिकाद्वारा बाढीबाट बिस्थापित घर परिवारलाई राहत बितरण गरिएको छ । अबिरल बर्षाकाे कारण सरावल गाउँपालिका वडा नं. ६ र ७ का केहि टाेलहरु डुबानमा परी बिस्थापित अति बिपन्न २० जना परिवारलाई राहत प्रदान गरिएको हाे । बिस्थापित अति बिपन्न परिवारलाई ३० किलो चामल ,२ किलाे दाल , १ लिटर रिफाएन , १ प्याकेट अायाेडिन नुन ,१ थान झुल , १ थान त्रिपाल र १ थान बलाङ्केट सरावल गाउँपालिका अन्तर्गत खडाैना ,मधवलिया ,नाैडिहवा ,गुजरहवाटाेल पुसाैलि लगाएतकाे ठाउँका प्रती घर परिवारलाई प्रदान गरिएको गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले जानकारी दिनुभएको हाे।

राहत हस्तान्तरण गर्दै गाउँपालिका अध्यक्ष राधेश्याम चाैधरीले विस्थापित सबै परिवारलाई पुग्ने गरी राहत वितरण गरिने बताउनुभयो । उहाँले जनताको दुःखसुखमा स्थानीय सरकारले साथदिन कुनै पनि कसर बाँकी नराख्ने प्रतिब्द्वता ब्यक्त गर्नुभएको हाे। दुख परेको समयमा बिस्थापित परिवारलाई गाउँपालिकाले सहयोग गरेको भन्दै बिडित सबैले खुशी ब्यक्त गरेका हुन ।

You might also like