‘ बुद्धदर्शन सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि ‘

0

रवि पाण्डेय
बुटवल  २४ बैशाख – प्रदेश पाँचका मुख्य मन्त्री शंकर पोखरेलले २५६४ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना ब्यक्त गर्दै ‘वुद्धका उपदेश आज स्थापित वुद्ध दर्शन बौद्ध धर्मावलम्वीका लागि मात्रै नभएर सम्पूर्ण मानव जातिकै लागि अमुल्य निधि’ भएको विचार ब्यक्त गर्नुभएको छ ।


उहाँले वुद्धले मानव कल्याण, अहिंसा र शान्तिको खोजीका लागि २९ वर्षको उमेरमा राजगद्दीको उत्तराधिकार सहित गृहत्याग गरेको उदाहरण दिदै वुद्धकालीन सम्पदाका रुपमा रहेका ऐतिहासिक स्थलहरु तिलौराकोट, रामग्राम, देवदह, निग्लिहवा, गोटिहवा, सग्रहवा,अरौराकोट, सग्रहवाको खोज अनुसन्धान तथा पर्यटकीय हिसावले ती क्षेत्रको विकास जरुरी रहेको उल्लेख गर्नुभएको छ ।

मुख्यमन्त्री पोखरेलले विश्व शान्तिको कामनाका लागि र कोरोना विरुद्धको अग्रमोर्चामा खटिएका चिकित्सक सहितका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा सबैले  घर—घरमा दीप प्रज्ज्वलन गर्न आग्रह गर्नु भएको थियो ।

You might also like