पहिरोमा पाँच घर पुरिए, १२ जना घरभित्रै च्यापिएको आशङ्का

0

कालीकोट, भदौ १४ गते ।

कालीकोट जिल्लाको तिलागुफा नगरपालिका वडा नं १ मा पहिरोले पाँच वटा घर भत्कँदा १२ जना पुरिएका छन् । गएराति परेको पानीले वडा नं १ का लली नेपाली, मन्दिर कटुवाल, धनपति विक र वीर भेरीकारका घर भत्किँदा १२ जना घरभित्रै पुरिएको स्थानीयले बताएका छन् । एक जना पाँच वर्षका निराजन शाहीको शव निकालिएको छ ।

नेकपाका नेता महेन्द्रबहादुर शाहीका अनुसार १२ जना घरभित्रै पुरिएको आशङ्का गरिएकाे छ । भाडामा बस्दै आएकाले कुन कोठामा कति जना थिए भन्ने यकिन हुन सकेको छैन । उहाँले दुई जनाको भने जीवितै उद्धार गरेर उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिस्ठान जुम्लामा पठाइएको उहाँले बताउनुभयो । सञ्चार सुविधा नभएकाले यकिन रिपाेर्ट आउन सकेको छैन । नाग्ममा मोबाईल तथा टेलिफोन सेवा नभएकाले घरभित्र कति जना पुरिएका छन् भन्ने पुष्टि भएको छैन ।

जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रमुख श्यामबाबु ओलियाले प्रहरीको सेटले पनि काम नगरेकाले जिल्लाबाट प्रहरी निरीक्षक यक्षराज जोसीको नेतृत्वमा टोली घटनास्थल पठाएको बताउनुभयो ।उहाँले अर्जुन हमाल र पुन्ने शाहीको घाईते अवस्थामा उद्धार गरिएको बाँकीको खोजी भइरहेको बताउनुभयो । कर्णाली राजमार्गको भित्तामाथिबाट आएको पहिरोले घर पुरेको हो । पहिरोले घर पुरिँदा कर्णाली राजमार्गसमेत अवरोध भएको छ ।…Gorkha patra

You might also like