जनप्रर्दशन पछि जनप्रतिरोध

0


बुटवलः नेकपा (क्रान्तिकारी माओवादी ) ले प्रदेश नम्बर ५ मा जनप्रर्दशन गर्ने तयारी गरेको छ । पहिलो चरणमा जनप्रर्दशनमा जुटेको क्रान्तिकारी माओवादीले त्यस कार्यक्रम पछि जनप्रतिरोधको तयारी गरेको स्रोतले जनाएको छ । प्रदेश नम्बर पाँचको निर्णय अनुसार पहिलो चरणमा पौष १० गते पाँच नम्बर प्रदेश अन्तरगतका १२ वटै जिल्लामा जनप्रर्दशन गर्ने तयारी गरेको हो । क्रान्तिकारी माओवादीले राष्ट्रियता जनतन्त्र र जनजिविकाको पक्षमा महंगी भष्ट्रचारी तस्करी दलाली र बलात्कारको बिरोधमा प्रर्दशन गर्ने तयारी गरेको पोलिटब्युरो सदस्य तथा प्रदेश सेक्रेटरी प्रमोदले बताउनुभयो । उहाँका अनुसार सिमा अतिक्रमणको बिरुद्ध पश्चिम नवलपरासीको सुस्ता, कपिलबस्तुको महलसागर बाँध र बाँकेको लक्ष्मणपुरमा बिरोध प्रर्दशन गर्ने कार्यक्रम रहेको छ भने प्रदेश अन्तरगतका सबै जिल्लामा जनप्रर्दशन समेत गरिनेछ ।

त्यस्तै प्रदेश अन्तरगतमा जिल्ला समितिहरुको बैठक बसेर जिल्ला जिल्लामा कार्यक्रम तय भएको सेक्रेटरी प्रमोदले जानकारी दिनुभयो । उता नेकपा (क्रान्तिकारी माओवादी ) पश्चिम नवलपरासीका सेक्रेटरी चोलाले सुस्तामा आयोजना गरिने बिरोध कार्यक्रमको तयारी थालेको बताउनुभयो ।

त्यस्तै रुपन्देही जिल्ला समितिले पुष १० गते बुटवलमा जनप्रर्दशन गर्ने भएको छ । सो कार्यक्रममा पार्टी पोलिटब्युरो सदस्य केबी गुरुंगले सम्बोधन गर्ने र सुस्ताको कार्यक्रममा केन्द्रीय सदस्य पिताम्बर आचार्यले सम्बोधन गर्ने सो पार्टीले जनाएको छ । त्यस्तै गुल्मी अर्घाखाँची पाल्पा बर्दिया दाङमा समेत प्रर्दशनको तयारी गरिएको जनाइएको छ । त्यस्तै बैद्य माओवादीले लिपुलेक बिनाको नक्सा प्रयोगमा ल्याएका सरकारी कार्यालयहरुमा समेत माओवादीले अनुगमनको तयारी समेत गरेको बताइएको छ । जनप्रर्दशन पछि स्थानीय तहमा भएका भष्ट्रचारका बिरुद्ध कडा रुपमा प्रस्तुत हुदै जनप्रतिरोध गर्ने माओवादीको योजना रहेको छ । क्रान्तिकारी माओवादीको मंसिर १२ देखि १७ गते सम्म बुटवलमा बसेको केन्द्रीय समितिको बैठकको योजना मुताबिक प्रर्दशनको तयारी गरिएको थियो ।

You might also like