प्रदेश ५ मा छ हजार बढीमा कोरोना संकमण

0

रुपन्देही, १३ भदौ ।
प्रदेश नं ५ मा कोरोना भाइरस सङ्क्रमितको संख्या छ हजार एक सय एक पुगेको छ । जसमध्ये एक हजार दुई सय ९७ जना सक्रिय सङ्क्रमित रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
कोरोना संक्रमितमध्य करिब १५ प्रतिशतमा कोरोना भाइरसको लक्षण देखिएको छ । प्रदेश ५ मा शुक्रबार ३९ पुरुष र ३३ महिला गरी ७२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

हिजो थपिएका ७२ जनामध्य सबैभन्दा बढी रुपन्देहीमा ५२, बाँकेमा १५, रोल्पामा ३, कपिलवस्तु र नवलपरासी पश्चिममा १/१ जना रहेका छन् ।
यसैगरी प्रदेश नं ५मा चार हजार सात सय तीनले कोरोनालाइ जितेका छन् । त्यस्तै गरी कुल संक्रमित मध्य २७ जना कोरोना संक्रमितको ज्यान गइसकेको प्रदेश नं ५कासामाजिक विकास मन्त्रालयका सूचना अधिकारी डा पुष्पराज पौडेलले जानकारी दिनुभयो ।

अधिकारी पौडेलका अनुसार प्रदेशमा १०४ जनाको कोरोना विशेष अस्पतालमा उपचार भइरहेको छ जसमध्ये १६ जना आइसीयूमा उपचाररत छन् । तीमध्ये २ जनालाई भेन्टिलेटरमा राखिएको र अवस्था गम्भिर रहेको छ । ।
बुटवलको कोरोना अस्पतालमा २०, भीम अस्पताल भैरहवामा १७, सुशील कोइराला अस्पताल बाँकेमा ३१ र बेलझुण्डी दाङको अस्पतालमा ३६ सङ्क्रमितको सामान्य अवस्थामा उपचार भइरहेको छ ।

सूचना अधिकारी पौडेलकाअनुसार सङ्क्रमण देखिएका ८७ जना अझैपनि क्वारेन्टिनमै छन् । उनीहरुलाई आइसोलेशनमा लैजाने तयारी भइरहेको छ ।
अहिलेसम्म ९७ हजार पाँच सय ९१ जनाको पिसिआर परीक्षण गरिएकोमा ९४ हजार छ सय १९ जनाको नतिजा आएकोमा छ हजार एक सय एक जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ ।
दुई हजार नौ सय ७२ जनाको स्वाब परीक्षण हुने क्रममा छ ।

MIrmire online

You might also like