नवलपरासीको सरावलमा १ स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि

0

उमेश बि. क / नवलपरासी, ११ भदौ

पश्चिम नवलपरासीकाे सरावल गाउँपालिकामा १ स्वास्थ्यकर्मी सहित ६ जनामा कोरोना पुष्टि भएको छ । सरावल गाउँपालिका वडा नम्बर ४ मा ५५ बर्षिय महिला ४६ बर्षिय महिला तथा १७ र ४८ बर्षकाे पुरुषमा कोरोना देखीएको हो । त्यस्तै सरावल २ मा ६५ बर्षिय महिला र वडा नं. ७ भुजहवा स्वास्थ्य चाैकीका एक कर्मचारी सहित ६ जनामा काेराेना पुष्टि भएको र २ जनाको रिपोट अाउन बाकी रहेको सरावल स्वास्थ्य शाखा प्रमुख अाेम नरायण देवकोटाले जानकारी दिनुभएको हाे।

सरावलबाट भाद्र ७ गते ३३ जनाकाे स्वाब संकलन गरि प्रादेशिक प्रयोगशाला भैरहवामा गरिएको परिक्षणको क्रममा ति ब्यक्तिहरुलाई कोरोना पुष्टि भएको हो । समुदाय स्तरमा दिनानुदिन काेराेना संक्रमण बढ्दै गइरहेको हुनाले सुरक्षाको उपाय अवलम्बन गर्न र अनावश्यक रुपमा भिडभाड ,हिडडुल तथा भेला, गोष्ठी, सेमिनार, सामुहिक जमघट लगाएतका हरेक गतिविधिमा सुधार ल्यान अनुराेध गर्दै निषेधाज्ञा पालना गर्न सरावल गाउँपालिका बासिमा गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत बुद्ध प्रकास पाैडेलले अनुरोध गर्नुभएको हाे । हालसम्म सरावल गाउँपालिका अन्तर्गत ९ जनाकाे काेराेना पाेजेटिभि देखिएकाे हाे जसमध्ये १ जना निकाे भएर घर फर्कि सकेका छन ।

You might also like