कोरोना संक्रमित कुन जिल्लामा कति थपिए?

0

भदौ २७, 

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार २ सय १ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ५३ हजार १ सय २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, ओखलढुंगाका १, झापाका १, मारेङका ५८, सुनसरीका १४, धनुषाका १, पर्साका १०, बाराका १५, महोत्तरीका ८, रौतहटका ४, सप्तरीका १०, सर्लाहीका ८३, सिराहाका ७, काठमाडौँका ३ सय ७७, काभ्रेपलान्चोक २, चितवनका ९२, दोलखाका १, भक्तपुरका १७, मकवानपुरका १०७, रामेछापका ७, ललितपुरका ३७ र सिन्धुपाल्चोक १ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ।

यस्तै सिन्धुलीका १, कास्कीका ३५, गोरखाका ६, तनहुँका १, नवलपरासीपूर्वका ५१, लकजुङका १, बागलुङका ३, स्याङ्जाका ७, अर्घाखाँचीका ३, कपिलवस्तुका २२, दाङका २४, नवलपरासीका ३, पाल्पाका ९, प्यूठानका १, बर्दियाका १८, बाँकेका ३२, रुकुम पूर्वका २, रुपन्देहीका ८१, रोल्पाका ८, दैलेखका ४, सुर्खेतका १८, कञ्चनपुरका ८, कैलालीका ४, डडेल्धुराका २ र डोटीका १ जनामा कोरोना भाइरस पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या ३३६ पुगेको छ। पछिल्लो २४ घण्टामा मात्रै देशभर १४ जनाको कोरोनाबाट मृत्यु भएको छ।

मन्त्रालयका अनुसार शनिबार ८५२ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ जनाको पीसीआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। हाल देशभर संक्रिय संक्रमितको संख्या १५ हजार २ सय ६० रहेको छ। ६ हजार ३ सय ५४ जना क्वारेन्टिनमा रहेका छन्।

You might also like