चौपत्तास्थित सहिदस्मृति सामुदायिक अस्पताललाई बर्दघाट नगरपालिकाको ‘स्पष्टीकरण’

अस्पतालका अध्यक्ष र ब्यवस्थापकलाई यशासिघ्र उपस्थित हुन निर्देशन

0

नवलपरासी ८ भदौ – पश्चिम नवलपरासीको चौपत्तास्थित सहिदस्मृति सामुदायिक अस्पताललाई बर्दघाट नगरपालिकाले ‘स्पष्टीकरण’ सोधेको छ । भदौ ७ गते नगरपालिकाको स्वास्थ्य शाखाबाट अनुगमन गर्दा बिरामी भएकाहरुलाई पिसिआर परिक्षण नगराई घर फर्काएको भन्दै नगरपालिकाले ‘स्पष्टीकरण’ सोधेको हो ।

अस्पतालको अध्यक्ष र ब्यवस्थापकलाई उपस्थित हुने बारे शिर्षकमा लेखिएको पत्रमा’स्पष्टीकरण’को शैली अपनाइएको छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मेघनाथ पाध्याले हस्ताक्षर गरेको पत्रमा प्रस्तुत बिषयमा त्यस अस्पतालमा मिति २०७७/०५/०७ गतेका दिन यस नगरपालिकाको स्वास्थ्य शाखाबाट अनुगमन गर्दा बिरामी भएकाहरुलाई पिसिआर परिक्षण नगराई घरमा पठाइएको र अस्पतालबाट दिईने स्वास्थ्य सेवा सुविधा समेत राम्रो नभएको भन्ने प्रतिबेदन र गुनासो आएकाले यस सम्बन्धमा के कसो भएको हो ? यथार्थ विवरण सहित त्यस अस्पतालका अध्यक्ष र ब्यवस्थापक दुवै यथाशिघ्र उपस्थित हुन जानकारीका लागि अनुरोध छ – उल्लेख गरिएको छ । उता अस्पताल स्रोतले नगरपालिकाले अस्पतालमा ‘ठाडो पत्र’ पठाएको जनाएको छ । त्यस्तै नगरले भाद्र ७ गते गरेको पत्राचारको अस्पतालले ८ गते जवाफ दिएको जनाइएको छ ।

You might also like