असोज अन्तिमसम्म नेपालमा कोरोना संक्रमित एक लाख ८० हजार पुग्ने अनुमान

0

भदौ २, २०७७ काठमाडौं :

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले असोज मसान्तसम्ममा नेपालभित्र कोरोना संक्रमित संख्या १ लाख ७९ हजार १२३ जना पुग्ने अनुमान गरेको छ। एक महिना यता लक्षणसहितका संक्रमित र मृत्यु हुनेको संख्यासमेत बढ्दै गएको बेलामा मन्त्रालयले कोभिड-१९ बाट खराब निम्तिन लागेको लागेको जनाएको हो।  मन्त्रालयले विभिन्न दातालाई सहभागी गराएर बनाएको इपिमोडेलङ अनुसार अहिलेकै दरमा संक्रमित बढ्दै गए ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ सम्म संक्रमित पुग्न सक्छ। मन्त्रालयले असार १ गतेदेखि यो मोडलमा केन्द्रित भएर काम गरिरहेको छ। १ असारदेखि ३० असोजसम्म (चार महिना) को मोडलअनुसार काम गरिएको मन्त्रालयका एक उच्च अधिकारीले बताए। उनले भने, ‘यही गतिमा संक्रमण बढ्दै गए हामीले यतिसम्म होला भनेर अनुमान गरी सोहीअनुसार काम गरेका छौं।’ काठमाडौं उपत्यकामा सक्रमण बढ्दै गएपछि मन्त्रालयले हजार शय्या क्षमताको आइसोलेशन पनि तयार गर्दैछ। अब विस्तारै चिसो मौसम सुरु हुने र चिसोमा सक्रमण झनै फैलनसक्ने हुँदा सम्भावित अनुमानसहित काम गरेको मन्त्रालयका अधिकारीहरूले जानकारी दिएका छन्‌।​खराब स्थिति आए ३० असोजसम्म १ लाख ७९ हजार १ सय २३ संक्रमित पुग्ने सक्ने अनुमान गरिएको छ। तर, भदौको तेस्रो साताबाट संक्रमितको दर भने क्रमशः घट्ने अनुमान गरिएको छ। असोज अन्तिमसम्ममा सक्रिय संक्रमित ६ हजार ४३, लक्षणविहीन संक्रमित ४ हजार ८३४, लक्षण देखिएर अस्पताल भर्ना हुने ९०६ र गम्भीर बिरामी ३०२ जना पुग्ने मन्त्रालयले अनुमान गरेको हो छ। तर, भदौको तेस्रो साताबाट संक्रमण घट्ने प्रक्षेपण छ।  गत २३ साउनमा स्वास्थ्य मन्त्रालयले राष्ट्रपति विद्यादेवी भण्डारीलाई कोभिड-१९ का विषयमा पछिल्लो अवस्थाबारे जानकारी गराएको थियो। राष्ट्रपतिसामू मन्त्रालयका अधिकारीहरूले खराब अवस्थामा साउनको २५ गतेसम्म ९१ हजार सक्रिय केस हुनसक्ने र मध्यम अवस्थामा भदौ २ गते ३९ हजारसम्म सक्रिय केसहरू हुनसक्ने अनुमान सुनाएका थिए। तर, नेपाल सरकार, प्रदेश सरकार र स्थानीय तहको प्रभावकारी प्रतिकार्य तथा नेपाली नागरिक र सबै सरोकारवालाहरूको सहयोगका कारण सक्रिय केस बढ्न नदिइएको अधिकारीहरू बताउँछन्।

Thaha khaber

You might also like