एक साता सम्म खाद्यान्नको ‘जोहो’ गर्न बर्दघाट नगरपालिकाको आग्रह (हेर्नुस निर्णय)

साउन ३१ गते रातिबाट जारी गरेको निषेधाज्ञालाई ब्यवस्थित गर्न

0

बर्दघाट ३० साउन – बर्दघाट नगरपालिकाको स्थानीय विपद् ब्यवस्थापन समितिको शुक्रवार बसेको बैठकले भदौ ६ गते सम्मको निषेधाज्ञालाई मध्यनजर गर्दै नगरवासीलाई कम्तीमा एक सातासम्म खाद्यान्नको जोहो गर्न अनुरोध गरेको छ ।
समितिले बिहान ७ देखि १० बजे सम्म सुरक्षा मापदण्ड अपनाएर बिशुद्ध तरकारी फलफूल र दुग्ध बिक्री गर्न सक्ने र खाद्यान्न तथा गैरखाद्य बस्तु बिक्री गर्न समेत नपाइने भएकोले एक सातालाई आवश्यक सामानको जोहो गर्न आग्रह गरेको हो ।
जिल्ला प्रशासन कार्यालय बर्दघाट सुस्ता पश्चिमले साउन ३१ गते रातिबाट जारी गरेको निषेधाज्ञालाई ब्यवस्थित गर्न र नगरवासीलाई कोरोना संक्रमणबाट बचाउन यस्तो निर्णय गरेको बर्दघाट नगरपालिकाका नगर प्रमुख धीरज शर्मा बस्यालले जानकारी दिनुभयो ।
(हेर्नुस निर्णय)

You might also like