मुस्लिम युवती माथि मदरसा अध्यक्षद्वारा अभद्र व्यवहार

0

नवलपरासी : एक्काइसौं शताब्दीमा पनि अन्तरजातीय प्रेम संम्बन्धको कारण हुने ज्यादतीका खवर आउने क्रम रोकिएको छैन । यसैक्रममा हालै पाल्हीनन्दन गाउँपालिका वार्ड नं. ३ वेलाशपुरमा पनि त्यस्तै घटना भएको छ ।  वेलासपुरकी उन्नाइस वर्षे मुस्लिम किशोरी माथि गत शनिवार स्थानीय मदरशामा अभद्र व्यवहार भएको छ, त्यो पनि मदरशाकै अध्यक्षवाट । मदरशा इस्लामिया प्रावि का अध्यक्ष तवरेज आलम खानले हिन्दु युवकसंग प्रेम गरेको आरोपमा मदरशामै ती किशोरी माथि अपशब्द र अश्लिल गाली गदैं दुव्र्यवहार गरेका हुन् । ‘मेरै आखा अघि छोरीको सम्वेदनशिल अंंगमाथी घोचपेच गर्दै तलाई चाहिएको यहि होइन भन्दै हात हालेर र दुव्र्यवहार गरे’ पिडित युवतीको बुवा अस्तर अलि मुसलवानले रुदै भने ।  हातपातवाट घाइते युवतीको हाल पृथ्वीचन्द्र अस्पताल परासीमा उपचार भैरहेको छ । उनलाई पेट, छाती र संवेदनशिल अंगमा समस्या रहेकाले थप केही दिन अस्पतालमै राखेर उपचार गरिने चिकित्सकले बताएका छन् ।
पिडितहरुले बुधवार किटानी जाहेरी लिएर जिल्ला प्रशासन कार्यालय नवलपरासी पुगे पनि प्रहरीले जाहेरी लिन अस्वीकार गरेको बताएका छन् । पिडित युवतीका बुवा अस्तर अलि मुसलवानले आफूहरु जाहेरी दर्ता गराउन जादा एस.पी. अजय के.सी ले बढी बोले थुन्ने भन्दै आफुहरुलाई धम्काएर पठाएको बताए । यस सम्बन्धमा जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीका डि.एस. पी. एवम् सुचना अधिकारी राजु लामाले जिल्ला प्रहरी कार्यालयमा जाहेरीका लागि कोही नआएको बताए । जाहेरीका लागि कोही आएको छैन हामीले बिरामीको अवस्था बुझिरहेका छौ – लामाले भने –पिडित डिस्र्चाज भएपछि आवश्यक प्रक्रिया थाल्छौ । प्रहरीले जाहेरी नलिएको भन्ने कुरा निराधार रहेको उनले दाबी गरे । बर्दघाटपोष्टबाट

You might also like