अफवाह फैलाएको अभियोगमा पत्रकार बताउने व्यक्ति पक्राउ

0

३० साउन, काठमाडौं ।

आफूलाई पत्रकार बताएर समाजमा अफवाह फैलाएको अभियोगमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा मोरङ घर भइ काठमाडौंको बुढानिलकण्ठ बस्दै आएका सुनिल शर्मा छन् ।उनलाई काठमाडौं प्रहरी परिसर, टेकुको टोलीले बिहीबार पक्राउ गरेको हो । शर्माले आफूलाई दैनिक भारतको पत्रकार बताउने गरेका छन् /

काठमाडौं प्रहरी प्रमुख एसएसपी श्यामलाल ज्ञवालीका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीको विषयमा भारतलाई जोडेर समाजमा अफवाह फैलाउने खाले स्टाटस उनले लेखेका थिए ।ज्ञवालीका अनुसार शर्माविरुद्ध मुलुकी अपराध संहितामा भएको अफवाह फैलाएको सम्बन्धी कसुरमा म्याद थप गरेर विस्तृत अनुसन्धान हुनेछ ।

Online khaber

You might also like