मगर दिवसमा सबै मगर एकताबद्ध हुन मगर मोर्चाको आब्हान

0

नवलपरासी १४ फागुन – अखिल नेपाल मगर राष्टिय मुक्ति मोर्चा पश्चिम नवलपरासीले सोमवार एक बिज्ञप्ति जारी गर्दै पहिचानका लागि सबै मगर समुदाय एकताबद्ध हुन आब्हान गरेको छ । मार्चाका जिल्ला संयोजक गोबिन्द बहादुर साठीघरे मगरद्धारा जारी बिज्ञप्तिमा मगर समुदायलाई मगर दिवसले पहिचानवादी र गैरपहिचानवादी छुट्याउन र एकताबद्ध हुन प्रेरणा मिल्ने छ भनिएको छ । बिज्ञप्तिमा मगर समुदायको अधिकारका लागि संर्घषको बिकल्प नभएको भन्दै त्यसका लागि फुटेर नभई जुटेर अधिकार पाइने उल्लेख गरिएको छ । सो बिज्ञप्तिमा आदिवासी जनजातिका धेरै चाडपर्वहरुका बिदा कटौती गरिएको भन्दै मगर दिवसमा सार्वजनिक विदा दिनुपर्ने माग गरिएको छ ।

You might also like