ग्रामीण साकोसद्धारा असल ऋणीलाई ब्याज अनुदान

0

बर्दघाट – ग्रामीण साकोसले युवा स्वरोजगार कार्यक्रम अन्तरगत ऋण लगेर उद्यम गरी नियमित ब्याज तथा किस्ता भुक्तान गरेकाहरुलाई ब्याज फिर्ता गरेको छ । युवा स्वरोजगार मार्फत ऋण लिई असल ऋणीको भुमिका निर्वाह गरेका ३७ जनालाई बुधवार एक कार्यक्रम गरी ग्रामीणले अनुदानबाट प्राप्त ब्याज फिर्ता गरेको हो । कार्यक्रममा युवा तथा साना ब्यवसायी स्वरोजगार कोषकी विनिता पौडेल प्रमुख अतिथि रहनुभएको थियो । कार्यक्रम संस्थाका अध्यक्ष रविन्द्रबिक्रम हमालको अध्यक्षता रहेको थियो । ब्याज अनुदान प्राप्त गरेपछि युवा ब्यवसायी हर्षित भएका थिए ।

You might also like