न्यायमाथि राजनीति हावि भयाे, यस्ताे राजनीतिले कहिल्यै देश र जनता भलो गर्दैन : रविन्द्र मिश्र
काठमाडौं, ९ साउन । साझा पार्टीका संयोजक रविन्द्र मिश्रले न्यायमाथि राजनीति हावि भएकाे बताउनुभएकाे छ ।
बिहीबार साँझ सामाजिक सञ्जाल ट्वीटरमा उहाँले न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले देश, जनता र लोकतन्त्रको कहिलै भलो नगर्ने टिप्पणी गर्नुभएकाे छ । श्रीमती हत्याका आरोपति पुर्व डिआईजी प्रकरणप्रति ईंगित गर्दै संयोजक मिश्रले न्याय मर्नु भनेको मानवता मर्नु भएको बताउनुभएकाे छ ।
सर्वोच्च अदालतका प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर राणा र न्यायाधीश तेजबहादुर केसीको संयुक्त इजलासले पत्नीको ज्यान मारेर शवसमेत जलाएका सशस्त्रका पूर्वडीआईजी रञ्जन कोइरालालाई कैद मिनाह गरेको थियाे । पूर्वडीआईजी ८ वर्ष ६ महिनामै छुटेका छन् ।
न्यायमाथि राजनीति हावि हुँदा निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका र दोषीहरू गाउँ-शहरमा उन्मुक्त हाँसो हाँसिरहेकाे हाेलान् भनेर कटाक्ष पनि गर्नुभएको छ । उहाँले लेख्नु भएकाे छ- ‘कहिलेकाहिँ लाग्छ, न्यायमाथि राजनीति हावि हुँदा यो देशमा कति निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका होलान् र कति दोषीहरू गाउँ–शहरमा उन्मुक्त हाँसो हाँसिरहेका होलान् ।’
उहाँले ट्वीटरमा लेख्नु भएकाे छ- ‘कहिलेकाहिँ लाग्छ, न्यायमाथि राजनीति हावि हुँदा यो देशमा कति निर्दोषहरू वर्षौँदेखि जेलमा कोचिएका होलान् र कति दोषीहरू गाउँ-शहरमा उन्मुक्त हाँसो हाँसिरहेका होलान् । न्यायलयमाथि हष्तक्षेप गर्ने राजनीतिले कहिल्यै देश, जनता र लोकतन्त्रको भलो गर्दैन। न्याय मर्नु भनेको मानवता मर्नु हो ।’
News24nepal