सुस्ता गाउँपालिकाद्वारा नीति तथा कार्यक्रम पारित

बजेट प्रस्तुत हुदैं

0

नवलपरासी ९ असार – सुस्ता गाउँपालिकाको कार्यालयले आर्थिक बर्ष ०७७/०७८ को बार्षिक नीति तथा कार्यक्रम सार्वजनिक गरेको छ । गाउपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले कोभिड १९ का कारण बिदेशबाट आएका युवाहरुलाई लक्षित गर्दै रोजगारी सिर्जना हुने गरी कार्यक्रम ल्याएको बताउनुभयो । उहाँका अनुसार नीति तथा कार्यक्रममा कृषि तथा रोजगारलाई प्राथमिकतामा राखिएको छ ।
त्यस्तै नीति तथा कार्यक्रममा स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकता राखेको गाउपालिकाका अध्यक्ष पाण्डेले स्थानीय पत्रलाई बताउनुभयो । असार १० मा बजेट पारित गर्ने कार्यक्रम रहेको अध्यक्ष पाण्डेले जानकारी दिनुभयो ।
मगंलबार भएको सुस्ता गाउँपालिकाको सातौं गाउँ सभामा गाउँपालिका अध्यक्ष एवं सभाका सभा अध्यक्ष रामप्रसाद पाण्डेयले आर्थिक बर्ष ०७७÷०७८ को बार्षिक नीति तथा कार्यक्रममा कोभिड १९ कोरोना भाइरसको महामारीबाट प्रभावित युवाहरुलाई लक्षित रोजगार प्रबद्र्धनमा जोड दिइएको छ ।
बार्षिक निति तथा कार्यक्रमलाई प्रस्तुत गर्दै क्लिन र हरित गाउँपालिका, भ्रष्टाचारमुक्त राजनीति र कर्मचारी प्रशासन एवं जनताप्रति जवाफदेहि गाउँपालिका प्रशासन, स्वच्छ सुन्दर, समृद्व सुस्ता सुखी सुस्ता बासीको अभियानको साथ गाउँपालिका अघि बढेको अध्यक्ष पाण्डेयले बताउनुभयो ।
त्यस्तै प्रस्तुत बार्षिक नीति तथा कार्यक्रममा भौतिक पुर्वधार बिकास तर्फ सडक, सिचाइ, शितभण्डार, गाउँपालिका स्तरीय गौरव कार्यक्रम, सहकारी एवं वित्तीय संस्थाको व्यवस्थापन,कर सेवा शुल्क तथा राजस्व,पर्यटन बिकास तर्फ समग्र सुस्ता क्षेत्रमा रहेका धार्मिक, सास्कृतिक, प्राकृतिक आकर्षण सम्पदाहरुलाई पर्यटकीय केन्द्रको रूपमा बिकास गर्न ऐतिहासिक धार्मिक स्थल चुहाडी अनुमाघाट,मदारबाबा क्षेत्र र बहुउद्देश्यीय पोखरी निर्माण सहित मनोरञ्जन स्थानको निर्माण लगायतका क्षेत्रमा रहेको छ ।
त्यस्तै शिक्षा तथा खेलकुद तर्फ आवश्यकता अनुसार सामुदायिक बिधालय स्थापना,निशुल्क तथा गुणस्तरीय शिक्षा,विद्यार्थी अनुपात शिक्षकको दरबन्दी,खेलाडी उत्पादन र सुस्ता अध्यक्ष कप फुटबल प्रतियोगिता लगायतका क्षेत्रमा समावेश गरिएको छ ।
त्यसैगरी आधारभुत स्वास्थ्य र सरसफाइ तर्फ स्वच्छ,सुन्दर र हरित सुस्ता गाउँपालिका अभियान र लैंगिक समानता तथा समाजिक समावेशीकरण तर्फ जेष्ठ नागरिक,आदिवासी जनजाती,महिला तथा बालबालिका दलित तथा अन्य विपन्न बर्ग समुदायको हकहितमा कार्यक्रम समावेश भएको छ भने सूचना तथा सञ्चार,खानेपानी उर्जा र बैकल्पिक उर्जा लगायत विविध क्षेत्रमा समावेश गरि बार्षिक निति तथा कार्यक्रम सुस्ता गाउँपालिकाको कार्यालयले ल्याएको सुस्ता गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रसाद बस्यालले जानकारी दिनुभयो । सभामा उपस्थित वडाध्यक्ष एवं वडा सदस्य लगायतले बार्षिक नीति तथा कार्यक्रम समग्र क्षेत्रलाई समेटेर आएको र समावेशी रहेको प्रतिक्रिया दिएका छन् ।

You might also like