नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दै

0

 

 

काठमाडौं, चैत १६ गते । सत्तारुढ दल नेपाली काँग्रेसको पदाधिकारी बैठक केही बेरमा दिउँसो १ बजेदेखि बस्ने जनाइएको छ ।

वैशाख ३० गतेको स्थानीय तहको निर्वाचन सम्बन्धनमा छलफल गर्न पदाधिकारी बैठक बस्न लागेको काँग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

सातै प्रदेशका सभापतिहरु र काँग्रेस केन्द्रीय कमिटीका पदाधिकारीबीच यही निर्वाचनसँग सम्बन्धित विषयमा छलफल हुने उहाँले बताउनुभयो ।

काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक मंगलबार सम्पन्न भएको थियो । बैठकले स्थानीय तहमा आवश्यकताको आधारमा गठबन्धनसँग चुनावी तालमेल गर्ने निर्णय ग¥यो ।

यससँगै स्थानीय निर्वाचन केन्द्रीय परिचालन कमिटी, प्रचारप्रसार कमिटी पनि गठन गरेको थियो ।  gorkhapatra

You might also like