पश्चिम नवलपरासीको सुस्तामा पानी पस्यो, प्रहरी चौकि सहित घरहरु डुबानमा

0

बिकास अधिकारी, साउन ०६-

पश्चिम नवलपरासीको नारायणी पारी सुस्तामा नारायणी नदिको बाढि पसेको छ । अविरल वर्षा पछि नारायणी नदिमा आएको बाढि सुस्तामा पसेपछि सुस्ताका घरहरु डुबानमा परेका छन् । अहिले सुस्ताको थारुटोला र सैनिकटोलाका घरहरु डुबानमा परेको ईलाका प्रहरी कार्यालय सुस्ताले जनाएको छ । सुस्तामा रहेका शसस्त्र र जनपथ प्रहरीका पोष्टमा पनि पानी पसेको छ । सुस्ता प्रहरी चौकिका असई मणी प्रसाद थारुले दिनुभएको जानकारी अनुसार प्रहरी कार्यालय भित्र साढे दुई फिट माथी सम्म पानी आएको छ । सुस्ताको भारतले विवादित भनेर उपभोगविहिन बनेको धनैया रेताबाट पानी सुस्ताको बस्तीमा पसेको हो ।

प्रहरीले १०÷१५ घर डुबानमा परेको जानकारी आएको तर पानी बढिरहेकाले डुबान बढ्ने क्रम रहेकाले निरिक्षणका लागी जान पनि नसकिएको जनाएको छ । सुस्ता बचाउ अभियानका प्रवत्ता रविन्द्र जयसवालले सुस्ताका पचास बढि घर डुबानमा परेको रेडियो परासीलाई जानकारी दिनुभयो । उहाँले आफुहरु कामका लागी वारी आएको र पारी जान नसकेको बताउदै सुस्तामा प्राय घरमा पानी पसेको र पानी पर्ने क्रम नरोकिए ठुलो क्षति हुन सक्ने खतरा रहेको बताउनुभयो । प्राय अहिले डुबानमा परेका घर कच्चि रहेकाले भत्कने खतरा समेत बढेको जयसवाललले बताउनुभयो । यद्यपि अहिले सम्म उद्धारको कार्य भने भएको छैन् । तर स्थानियहरु भने सुरक्षित स्थान तर्फ अत्यावश्यक समान लिएर निस्कीएका छन् । पानी थप बढ्दै गए स्थानियलाई उद्धार गरि सुरक्षित स्थानमा लानुपर्ने प्रहरीले जनाएको छ ।

Radio parasi

You might also like