उपचारको क्रममा सप्तरीमा ३ जनाको मृत्यु : कोरोनाको आशंका, तीनै जनाकाे अन्तिम संस्कार रोकियाे

0

२१ साउन  ।

 छिल्लो २४ घण्टा यता सप्तरीमा तीन जनाको उपचारका क्रममा मृत्यू भएको छ । तीनै जनामा कोरोना संदिग्ध लक्षण देखिएपछि उनीहरूको अन्तिम संस्कारमा रोक लगाइको छ । तीनै जना मृतकको पिसिआरपछि मात्रै अन्तिम संस्कार गरिने जिल्ला स्वास्थ्य कार्यालयले जानकारी गराएकाे छ  ।

मृत्यु भएकाहरूमध्ये एक जना सप्तरीको रूपनी गांवपालिका-५ का हुन् । उनी मलेशियावाट फर्केका थिए । अर्का एकजना मृतक डाकनेश्वरी नगरपालीका-९ का हुन भने अर्को राजगाढ गांवपालिकाका हुन् ।

रुपनी-५का ५४ वर्षीय मृतक डेढ महिनाअघि मलेसियाबाट फर्केका थिए । गाउँपालिकाकै सिफारिसमा उनी होम क्वारेन्टाइनमा बसेका थिए । कोरोना संक्रमणको आशंकामा उनको अन्तिम संस्कार तत्काल रोकिएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

होम क्वारेन्टाइनमा बसे पनि ४५ वर्षीय ती व्यक्तिले पीसीआर परीक्षण गराएका थिएनन् । पीसीआर परीक्षणका लागि बोलाउँदा परिवारले उनी राजविराज गएको र उतै गराउने भन्दै ढाट्दै आएको गाउँपालिकाका अध्यक्ष हरेराम यादवले जानकारी दिनुभयाे ।

उनलाई केही दिनदेखि ज्वरो र दमको समस्या आएपछि मंगलबार उपचारका लागि गजेन्द्रनारायण सिंह अस्पताल राजविराज ल्याइएको थियो । जविराजमा उपचार सम्भव नभएपछि थप उपचारका लागि बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा रिफर गरिएको थियो । तर, अस्पताल परिसरमा पुग्नेबित्तिकै उनको मृत्यु भएको परिवारजनको भनाइ छ ।

बुधबार बिहान शव गाउँ ल्याएर अन्तिम संस्कार गर्न लाग्दा गाउँपालिकाले अन्तिम संस्कार तत्कालै नगर्न रोक लगाएको थियो । यता राजविराजस्थित छिन्नमस्ता अस्पतालमा मंगलबार राति मृत्यु भएका दुई जनाको पनि स्वाब संकलन गरिँदै छ ।

ज्वरो र श्वासप्रश्वासमा समस्या भएपछि १५ गते अस्पताल भर्ना भएका डाकनेश्वरी नगरपालिका–९ का ७४ वर्षीय र राजगढ गाउँपालिकाका–७१ वर्षीय पुरुषको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालयका अनुसार उक्त दुवै मृतकको पनि पिसिआर परीक्षण पश्चात मात्रै अन्तिम संस्कारको अनुमती दिइने छ ।

News24Nepal

You might also like