सरावलकाे फुलवरीयामा वृक्षारोपण कार्यक्रम सम्पन्न

0

 उमेश बि.क / नवलपरासी , साउन

नवलपरासीको सरावल गाउँपालिका वडा नं. ५ फुलबारीयामा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ। एबिसी नेपालद्वारा सन्चालित संवाद किशोर किशोरी संजालकाे आयोजना तथा सरावल गाउँपालिका र युवा टोल सुधार समिती फुलवरीयाको सहयोग एवम स्टोम फाउन्डेसन नेपाल, एबिसी नेपालकाे सहकार्यमा साझेदारी वृक्षारोपण कार्यक्रम सम्पन्न भएको छ । संवाद किशोर किशोरी संजाल सरावलका अध्यक्ष महेश यादवको अध्यक्षता तथा सरावल गाउँपालिकाका अध्यक्ष राधेश्याम चौधरीकाे प्रमुख अातिथ्यता तथा उपाध्यक्ष उत्तमा रायकाे बिशिस्ट अातिथ्यतामा बृक्षाराेपण सुभारम्भ गरिएको थियाे। कार्यक्रमलाई सम्बाेधन गर्दै गाउँपालिका अध्यक्ष चौधरीले बाेटबिरुवा राेप्नु सुनाैलाे अवसर तथा नयाँ कामकाे थालनी गरेको याे मानव जीवन तथा हरेक प्राणिसंग जाेडिएकाे कार्यक्रम हाे ।

 

बाेटबिरुवाले अक्सिजन दिने गरेकाेले उसलाई अाफ्नाे लागि मात्र नभए अाफ्नाे भाबि पिडिकाे लागि पनि सुरक्षित राख्न जरुरी रहेको छ । बाेट बिरुवा तथा बन जंगल फडानी भएको हुनाले जलवायु परिवर्तन भइरहेको कारणले पानी नपर्नु , खडरी हुनु ,गर्मि बढ्दै जानू,जलस्रोतकाे मुहान सुक्दै जानू भएको हुनाले बाेटबिरुवा राेपि यसलाई संरक्षण गर्न जरुरी रहेकाे हुनाले याे बाेटबिरुवा संरक्षण गर्न सफल भइयाे भने यहाँका समुदायलाई चालीस हजारकाे दरले सम्मानित गरिने जानकारी गराउदै विरुवा संमक्षणमा सहयोग गर्न सम्पुर्णमा आग्रह गर्नुभएको थियो । त्यस्तै गाउँपालिका उपाध्यक्ष रायले पर्यावरण स्वच्छ सफा राख्न तथा बातावरणीय संतुलनलाई कायम राख्न सकिने भन्दै बृक्षाराेपण जरुरी रहेकाेले एक घर एक बाेट बिरुवा लगाउन अनुराेध गर्दै अगामी दिनमा लगाइएको बाेटविरुवालाई अनुगमन समेत गरिने कुरामा जाेड दिनुभएको थियाे । त्यस्तै एबिसी नेपालकाे कार्यक्रम प्रमुख मनोज लामिछानेले एबिसि नेपाल मानव बेचबिखन बिरुद्ध र जसको सवाल उसैको नेतृत्व भन्ने किशोर किशोरी सम्बाद कार्यक्रम सन्चालन भइरहेको बारे जानकारी गराउनु भएको हाे।

 

जस कार्यक्रम अन्तर्गत विभिन्न कार्यक्रम ,सशक्तीकरण गराउने नेतृत्व गराउने र समाजिक तथा अार्थिक मुद्दामा सशक्तीकरण गराउने गरिएको कार्यक्रममा दस हजार छ सय किशोर किशोरी अाबद्व रहेकाे जानकारी गराउनु भएको हाे। बृक्षाराेपण कार्यक्रममा गाउँपालिकाका प्रमुख प्रसाकीय अधिकृत बुद्ध प्रकास पौडेल, वडा नं ५ का वडा अध्यक्ष दिनेस साहानी, एबिसी नेपालका कार्यक्रम प्रमुख मनोज लामिछाने, सरावल गाउपालिका कृषि शाखाका कुलदिप मिश्रा, एविसी नेपालकी दिपिका गैरे, जनशक्ति संवाद केन्द्रका अध्यक्ष राजेन्द्र राजभर लगाएत समाजसेवी बुद्धिजीवी सहित पत्रकारहरुको उपस्थिती रहेको थियो । सम्पन्न बृक्षाराेपण कार्यक्रममा सरावल वडा नं ५ फुलवरीया अन्तर्गत पर्ने नदि किनारमा नदि कटानलाई नियन्त्रणका निमीत सहदौन,सफेदा, सिसौं र सिर्सा का गरी ४ प्रजातीका ४ हजार विरुवाहरु रोपण गरीएको एबिसि नेपालकि सहजकर्ता साहिदा नेसाले बताउनु भएको हाे ।

 

You might also like