स्थानीय तहमा विद्युतिय शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे तयार गरेको शोधपत्र नगरप्रमुख केसीलाई हस्तान्तरण ।

0

 

 

देवदह । स्थानीय तहमा प्रबिधि मैत्री शासन र देवदह नगरपालिकामा त्यसको अवस्थाबारे स्नातकोत्तर तहका लागि तयार गरेको शोधपत्रको एकप्रति एक कार्यक्रमविच देवदह नगरप्रमुख हिराबहादुर केसीलाई, शोधपत्र निर्माणकर्ता देवदह नगरपालिका वडा नं। ४ का युवा छवि भट्टराईले हस्तान्तरण गरेका छन्।

सोधपत्र ग्रहण गर्दै प्रमुख केसीले देवदहकै विषयमा गहिरो अध्ययन गरि आफ्नो शोंधपत्रको एकप्रती नगरपालिकामै रहने गरि उपलब्ध गराएकोमा युवा भट्टराईको प्रशंसा गरेका थिए । नीतिनिर्माण गर्ने क्रममा यसप्रकारका शोंधपत्र सहयोगी हुने भन्दै उनले आफुले तयार गरेको शोंधपत्र स्थानीय तहलाई दिएर युवा छवि भट्टराईले नयाँ प्रयोगको सुरुवात गरेको बताए  ।

आफुले दुई बर्ष लगाएर देवदह नगरपालिकाले पाँच बर्षको अवधिमा गरेका कार्यहरुको अनुसन्धान गरेर शोंधपत्र तयार गरेको बताउनु भयो साथै उक्त शोंधपत्र तयार गर्न सहयोग गर्ने स्थानीय युवाहरुलाई धन्यबाद व्यक्त गर्नुभयो । यसले आगामी दिनमा नीतिनिर्माण गर्दा देवदह नगरपालिकालाई अध्यायनका लागि सामाग्री हुने बताउनुभयो ।सोधपत्र हस्तान्तरण गर्दै भट्टराईले देशका ७५३ वटै स्थानीय तहमा कहिँपनि यसप्रकारको सोधलेखन नभएको उल्लेख गर्दै त्यसमा देवदह नगरपालिका पहिलो भएको बताएका थिए ।

सोधपत्रमा देवदह नगरपालिका र मातहतका कार्यालयले प्रयोग गरेको प्रविधी र त्यसबाटसेवाग्राही र सेवाप्रदायकले प्राप्त गरेको सुविधा लगायतको विषयमा गहिरो अध्ययन गरिएको भट्टराईको भनाई छ ।

उक्त कार्यक्रममा नगर उपप्रमुख विद्यालक्ष्मी गुरुङ, प्रमुख प्रशासकिय अधिकृत डिल्लीराम बेल्बासे, वडा नं ४ का अध्यक्ष दीपक चापागाईं लगायतको उपस्थिती रहेको थियो ।  malmalafm

You might also like