अमेरीकामा २ करोड मानिस कोरोनाको चपेटामा परेको हुन सक्ने सिडिसिको आशंका

0

एजेन्सी असार १२ ।

विश्वमा सबै भन्दा धेरै कोरोना संक्रमणको प्रभाव रहेका बेला त्याहाँको सेन्टर फर डिजिज कन्ट्रोल (सिडिसी) ले २ करोड अमेरीकी कोरोनाको चपेटामा परेको हुन सक्ने आशंका गरेको छ ।
सिडिसीका निर्देशक डा. रोबोर्ट रेडफिल्डले पत्रकार सम्मेलनमा बोल्दै आफूहरुको आकंलन एक संक्रमणको मामला हुदा १० अरु संक्रमणको मामला हुन सक्ने रहेको बताए ।
सिडिसीले अरु धेरै युवाहरु संक्रमणको चपेटामा आएको हुन सक्ने अनुमान गर्दै मृत्युदरमा कमी आउनु भने सकारात्मक रहेको बताएको छ ।
सिडिसीका संक्रामक रोग बिशेषज्ञ डा. जोय बटलरले युवाहरमा सचेतना ल्याउनका लागि केन्द्रले टिकटकलाई प्रयोग गर्न सक्ने बताए ।
कोरोनाले अमेरीकामा २४ लाख बढी संक्रमित छन् भने एक लाख २३ हजार बढीको मृत्यु भईसकेको छ ।

You might also like