गैंडाकोट प्रहरी कार्यालयले अत्यावश्यक सेवा मात्रै प्रदान गर्ने

0

 नवलपुर,साउन १। ईलाका प्रहरी कार्यालय गैंडाकोटले अत्यावश्यक सेवा लिन भएमात्रै कार्यालय जान अन्यथा केही दिनका लागि सेवाग्राहीलाई कार्यालय नआउन अनुरोध गरेको छ । आज सुचना टाँस गरेर सामान्य कार्यहरु स्थगित गरिएको जनाएको छ ।

यहाँ कार्यरत ५ जना प्रहरीमा कोभिड १९ को संक्रमण देखिएपछि कार्यालय सिल गरिएको छ । सवै जना भित्र रहदा वाहिरी सेवा भने जिल्लाबाट टोली खटाई काम गर्ने एसपी दिपक रेग्मीले बताउनुभएको छ ।

अहिले वाहिर रहेका ड्युउटी वस्ने पोष्ट खाली छन् भने मुख्य प्रवेश नाका पनि खाली रहेको छ । उहाँहरुमा कहाँबाट कोभिड १९ संक्रमण भयो भन्ने अझै पत्ता लागेको छैन । यो समय नगरवासी आफै सचेत रहन र टोल विकास संस्था वढि सक्रिय भई शान्ति सुरक्षा कायम राख्नुपर्ने देखिएको छ ।

टोल विकास संस्था, जनप्रतिनिधिमा थप जिम्मेवारी थपिएसँगै अत्यावश्यक सेवा मात्रै कार्यालयबाट स्वास्थ्य सुरक्षाको उपाय अपनाएर दिने भनिएको छ । गेटभन्द परै वस्नुभएका प्रहरीहरुले गेटमा पुग्नेहरुलाई सोधपुछ गरी अत्यावश्यक भए अहिले नत्र पछि आउनु भनी सम्झाएर पठाउने गरिएको छ ।

Nawalpur FM

You might also like