सुनको भाउ बढेको बढ्यै, तोलाको झण्डै ९३ हजार

0

असार ३१, २०७७

काठमाडौं : नेपालमा सुनको मूल्य अहिलेसम्मकै उच्च कायम भएको छ। आज छापावाल सुन प्रति तोला ९२ हजार ८ सय पुगेको हो। आज एकैदिन तोलामा ६ सय रुपैयाँले बढेर अहिलेसम्मकै उच्च मूल्य कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएकाे छ।  हिजो मंगलबार तोलाको ९२ हजार २ सयमा कारोबार भएको थियो । त्यस्तै तेजाबी सुनको भाउ पनि उकालो लागेको छ। तेजाबी सुन ९२ हजार तीनसय ६० रुपैया प्रति तोला कारोबार भइरहेको छ। त्यस्तै सुनको भाउ बढिरहेको बेला चाँदीको भाउ पनि बढेको छ चाँदी प्रति तोला एक हजार पाँच रुपैयाँमा पुगेको छ।

Thaha khaber

You might also like