कालिकोट : डाक्टर र हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएपछि होटल स्वीजवेल सिल !

0

कालिकोट, ३१ असार । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाबाट कोरोना परीक्षण गर्न कालिकोट आएका डाक्टरसहित एकजना हेल्थ असिस्टेन्टमा कोरोना पुष्टि भएको छ ।

यही असार २९ गते कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा गरिएको परिक्षणमा उनीहरुमा कोरोना रिपोर्ट पोजेटिभ आएको थियो । डाक्टर र हेल्थ असिस्टेन्ट दुवै जनाले कालिकोटको शुकालिका गाउँपालिकामा रहेको क्वारेन्टाइनमा सेवा दिनुभएको थियो ।

बिदाइका बेला डाक्टर जिल्ला अस्पताल कालिकोटमा बस्नुभएको थियो । हेल्थ असिस्टेन्ट भने होटल स्वीजवेलमा बस्नुभएको थियो । अहिले डाक्टर र हेल्थ असिस्टेन्टको सम्पर्कमा रहेका व्यक्तिहरुलाइ सेल्फ क्वारेन्टाइनमा बस्न भनिएको छ । उहाँहरूकाे ५ दिनपछि स्वाब संकलन गर्ने तयारी भएको जिल्ला जनस्वास्थ्य अधिकृत कटक महतले बताउनुभयो ।

कोरोना पोजेटिभ देखिएका हेल्थ असिस्टेन्ट होटल स्वीजवेलमा बेसेको भन्ने सूचनाका आधारमा होटल स्वीचवेल पूरै सिल गरिएको जिल्ला प्रहरी कार्यालय कालिकोटका डिएस्पी श्यामबाबु ओलीयाले बताउनुभयो ।

जिल्लामा कोरोना संक्रमित ५५ जनामध्ये अहिले १६ जना आइसोलेसनमा छन् । बाजुराका एकसहित ३९ जना भने संक्रमणमुक्त भएर घर फर्किएका छन् ।

News24nepal

You might also like