घुम्ती पशु स्वास्थ्य शिविर संचालन

0

नवलपरासी – बर्दघाट नगरापालिका पशुपन्छी विकास शाखाले घुम्ती पशु स्वास्थ्य शिविर संचालन गरेको छ । १३ न.वडाको मझौनी, मदनपुरा र जमुनावारी १२ न. वडाको बर्गदही गाउँमा सेवा संचालन गरिएको हो ।

नगरमा कम पहुँच भएका कृषकहरुको गोठ तथा खोरमा पुगेर सेवा गरिएको शाखाका अधिकृत भरत लम्सालले बताउनुभयो ।


पशुहरुमा विशेष गरि स्वास्थ्य परिक्षण सेवा, आन्तरिक र बाहिरी परजीवि नियन्त्रण तथा पशुहरुमा स्थलगत रुपमा देखिएका समस्याहरुको निशुल्क सेवा प्रदान गरिएको उहाँले जानकारी दिनुभयो । यस कार्यक्रम वाट वडा न. १२ का ६७ जना कृषक र १३ को १२४ जान कृषकहरु लाभान्वित भएका छन ।

You might also like