फलफूल वडा घोषणा कार्यक्रम तीब्र बनाइदै

0

बर्दघाट :
बर्दघाट नगरपालिकाले शुरु गरेको फलफुल वडा घोषणा कार्यक्रम अन्र्तगत शुक्रवार बर्दघाट नगरपालिका वडा नं ३ मा फलफूलका विरुवा वितरण गर्ने कार्य सम्पन्न् भएको छ । बर्दघाट नगरपालिकाको कृषि शाखाले आज वडा नं ३ मा फलफुलका विरुवा वितरण गरेको हो । बर्दघाट नगरपालिकाले वडा नं। ३ लाई आँपको पकेट क्षेत्र बनाउने योजना अनुसार आज आँपका विरुवा वितरण गरेको जनाएको छ । नगरपालिकाले वडा २ मा कागती, वडा नं। ६ मा केरा र वडा नं। १५ मा लिचीको बेर्ना वितरण गर्ने योजना लिएको छ । कार्यक्रममा बर्दघाट वडा नं। २ का पहाडी क्षेत्रमा कागतीको सम्भावना रहेकोले कागतीको बेर्ना वितरण गरिएको हो । कार्यक्रम कृषि शाखा प्रमुख युवराज लम्सालको अध्यक्षता र वडा न ३ का वडाध्यक्ष रुद्र प्रसाद न्यौपानेको प्रमुख आतिथ्यता मा भएको कार्यक्रमक कृषि जेटिए खुमाकान्त न्यौपानेको संचालन गरेका थिए ।

You might also like